कपिलवस्तु बालगृहका बालबालिकालाई न्यानो कपडा वितरण

कपिलवस्तु । कपिलवस्तु बालगृहको संरक्षणमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। नेपाल प्रहरी श्रीमती संघले २७ बालबालिकालाई कपडा वितरण गरिएको छ।

बालबालिकालाई एक एक सेट ट्याकसुट, २ क्विन्टल चामल, दाल, तेल लगायतका सामग्री प्रदान गरेका हुन्। सामाजिक सेवा गर्ने उद्देश्यले हरेक वर्ष संघले देशका विभिन्न स्थानमा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले बताइन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation