खुशी जीवन नेपाल संस्थाद्वारा बालबालिकालाई न्यानो लुगा वितरण

कपिलवस्तु । मुलुकका विभिन्न स्थानमा भएका हिंसालाई रोक्न यति खुशी जीवन नेपाल संस्थाले विभिन्न कदमहरु चालेको छ । सामाजिक सचेतना मुलक सडक नाटक गरि सङ्कलन भएको रकमले गरिब दुखी असाहाय वर्गका बिध्यार्थी लाई न्यानो लुगा वितरण गर्ने गरेको छ ।

समाजको लागि पनि केही गर्नुपर्छ भन्ने उदेश्य राखेको संस्था यतिबेला लागि परेको छ । तेस्तै आज सामाजिक सचेतना मुलक कार्यक्रम गर्दै उक्त संस्थाका अध्यक्ष महेन्द्र विस्वकर्मा, सल्लाहकार ज्ञान बहादुर गहतराज, सदस्य , देवराज भट्टराई, आरती, मन्जु सुनार, जोशना रसाइली, मिस्टर एन्ड मिस लगायत विभिन्न सो इभेन्टका डाईरेक्टर प्रशान्त शाहा, बुटवल टेडिकोको उपस्थितमा बुटवल उपमहानगरपालिका भित्र बुटवल मावि तथा सरस्वती आधारभुत विध्यालयमा अध्यन गर्ने गरिब दुखी तथा निम्न वर्गका बिध्यार्थी हरुलाई उक्त संस्थाले न्यानो लुगा वितरण गरेको हो ।

न्यानो लुगा कापी कलम पाएपछि विध्यार्थीहरु खुशी भएका थिय । सामाजिक कार्यमा हातेमालो गर्न उक्त संस्थाले सबन्धित निकाय स्थानिय तह र प्रदेशलाई सहयोग गरिदिन सहयोग याचना गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation