लुम्बिनीलाई हराउँदै बागमतीको छैटौँ जित

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रतियोगितामा छैटौं जित निकाल्दै शीर्ष स्थानको पुलिस समान १२ अङ्क बनाएको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले लुम्बिनीमाथि ६ विकेटको जित निकाल्यो।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.२ ओभरमा अलआउट हुँदै १ सय ६ रनमा समेटिएको थियो। उसका लागि कप्तान सुशान्त थापाले २८ रन बनाउँदा निर्मल गुरुङ २७ रनमा अविजित रहे।

त्यस्तै, विराट भण्डारी १३ रनमा आउट हुँदा थप दोहोरो स्कोरका रुपमा प्रज्वल थापाले १४ रन बनाएका थिए। लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा सूर्य तामाङले ६ विकेट लिएका थिए। त्यस्तै, विपीन आचार्यले २ विकेट लिँदा किरण गुरुङ र प्रतिश जिसीले समान १–१ विकेट लिए।

१ सय ७ रनको झिनो लक्ष्य पछ्याएको बागमतीले १७.२ ओभरमै लक्ष्य पूरा गरेको थियो। उसका लागि ओपनर इशान पाण्डेले ५० रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, कप्तान रित गौतमले २४ रन बनाउँदा आसुतोष घिरैयाले १४ रन बनाए। लुम्बिनीका लागि निर्मल गुरुङले २ विकेट लिँदा कृष्णा कार्की र अभिनास गौतमले समान १–१ विकेट लिए।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation