
सैनामैना । सैनामैना नगरपालिका वडा न ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको अध्यक्षमा यदुलाल पन्त चयन हुनुभएको छ । यस अघिको समितिको कार्यकाल सकिएपछि क्याम्पसले सर्वसम्मत नया सञ्चालक समिति पाएको हो ।
समितिको निर्वाचन कार्यक्रम अनुसार निर्धारित समयमा दर्ता भएका आवेदन र पद सङख्या दरखास्त हनुसार छलफल गराइ सर्वसहमतिमा क्याम्पसको बिधानको दफा ६ को उपदफा १ अ र इ बमोजिम समिति निर्वाचित भएको हो ।
समितिको महिला सदस्यमा गोमा खनाल, कमला अधिकारी र प्रमकला सिजापति रहनु भएको छ । खुल्ला सदस्य तर्फ इश्वरी घिमिरे , कृष्णप्रसाद पोखरेल , मोदनाथ देल्बासे,, हरि प्रसाद घिमिरे र दुर्गा प्रसाद खनाल चयन हुनुभएको छ । सैनामैना नगरपालिका नगर प्रमुख फणिन्द्र शर्मा , उप प्रमुख बिना राना , निर्वाचन सिमिति , निवर्तमान समिति , राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा आज सपथ ग्रहण तथा पदभार ग्रहण गराइएको हो |
