शिवराजको चोरखोलामा पाँच दशकपछि विद्युत र खानेपानी पुग्यो

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला बस्तीमा पाँच दशकपछि विद्युत र खानेपानी पुगेको छ। प्रदेश राजधानी राप्ती उपत्यका र चन्द्रौटाको मध्य भागमा पर्ने चोरखोला बस्तीमा पहिलो पटक विद्युत खानेपानीको सुविधा पुगेको हो। राजमार्ग सँग जोडिएको चुरे बस्तीमा विद्युत नहुँदा स्थानीयलेसास्ती खेप्दै आएका थिए।

विद्युतको लागी स्थानीय सरकार, प्रदेश, संघीय सरकार, विद्युत प्राधिकरणदेखि  अदालतसम्म धाएको स्थानीय केशव सुनारले बताउनुभयो। दलित बाहुल्यता भएको क्षेत्रमा निर्वाचनको समय उम्मेदवारले विद्युत पुराउने बाचा गरे पनि चासो नदिएको स्थानीयको आरोप रहेको थियो। विद्युत र खानेपानीको व्यस्था गर्नका लागि स्थानीय मानबहादुर सुनारले पटक पटक पहल गर्नुभएको थियो।

चोरखोलामा २०२६ सालदेखि बस्ती बसेको थियो। सो स्थान शिवराज नगरपालिकाको चन्द्रौटा बजार देखि १५ किलो मिटर पश्चिम पूर्व पश्चिम राजमार्गमा पर्छ। बस्तीमा विद्युतको व्यवस्था नहुँदा खाने पानीको लागि खोलामा पुग्नुपर्ने बाध्यता रहेको थियो। -गोरखापत्र 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation