
कपिलबस्तु पर्यटन विकास समितिको आयोजना ,कपिलबस्तु नगरपालिकाको समन्वयमा कपिलबस्तु जिल्लाको बृहत्तर विकास र आर्थिक समृद्धिका लागी कपिलबस्तु पर्यटन विकास समितिद्धारा प्रस्तावित कपिलबस्तु विकास कोष अभियानको चौथो चरणको कार्यक्रम कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष श्री हरिश चन्द्र खनालको अध्यक्षतामा एवम जिल्ला समन्वय समिति कपिलबस्तुका सभापति श्री बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा बौद्धिक,प्राज्ञिक ,मानवअधिकार कर्मी एवम सामाजिक अभियान्ताहरुको उपस्थितिमा सम्पन्न गरेको छ ।
उक्त बैठकमा लुम्बिनी बौद्ध विश्वविद्यालय पुरातत्व सँकायका कार्यक्रम सँयोजक गुनाखर गैरे ,पुरातात्विक तथा पर्यटकिय सम्पदाहरुको खोज, अध्ययन, अनुसन्धानको क्षेत्रमा क्रियाशिल सामाजिक अभियान्ता नारायण पौडेल, पुरातत्वविद शुभकान्त भुसाल ,कपिलबस्तु विकास कोष सँभाव्यता अध्ययन प्रतिवेदन समितिका सदस्य युवराज केसी,नारद कोहार,वशिष्ठ तिवारी ,मानवअधिकार कर्मी पुष्पा आचार्य रेग्मी,ईन्दिरा पन्त,रुकैया खातुन,पर्यटन व्यावसायी रोमलाल पौडेल ,शिक्षक सन्जय वर्मा,अनुसन्धानकर्ता सन्जय पासी ,तौलिहवा उद्योग वाणिज्य सँघका अध्यक्ष गयादिन कुर्मी एवम सामाजिक अभियान्ता रावेन्द्र कुमार ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
कपिलबस्तु पर्यटन विकास समितिको पहलकदमिमा सञ्चालित कपिलबस्तु विकास कोष अभियानलाई शसक्त एवम मजबुद गरी अभियानका थप गृहकार्य गर्न कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष श्री हरिश चन्द्र खनालकाे सँयोजकत्वमा २५ सदस्यीय कपिलबस्तु विकास कोष पैरवी समिति गठन गरिएको छ ।
जसमा राष्ट्रसेवक कर्मचारीकहरुको तर्फबाट कपिलबस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ,ईन्जिनियहररुको तर्फबाट ईन्जिनियिर राजेश कुमार शैनी ,पुरातत्वविदहरुको तर्फबाट शुभकान्त भुसाल,मानवअधिकार कर्मिको प्रतिनिधित्व गर्दै पुष्पा आचार्य रेग्मी ,ईन्दिरा पन्त,सामाजिक सँघसँस्थाको प्रतिनिधित्व गर्दै अधिकारर्मी रुकैया खातुन,बौद्धिक व्यक्तित्व मनोज कुमार श्रीवास्तव ,पर्यटन व्यावसायीको प्रतिनिधित्व गर्दै होटल तथा पर्यटन व्यावसायी सँघका महासचिव राेमलाल पौडेल,तौलिहवा उद्योग बाणिज्य सँघका महासचिव देवेश जयसवाल,प्र.अ.शिक्षक सन्जय बर्मा,तौलेश्वरनाथ मन्दिर व्यवस्थापन समिति सचिव हरिशचन्द्र लाल श्रीवास्तव,अधिबक्ता राजु कुमार श्रीवास्तव,अनुसन्धान कर्ता सन्जय पासी,सामाजिक अभियान्ता रावेन्द्र कुमार ठाकुर,सिनियर पर्यटक गाईड राजकुमार यादव तथा गोरखनाथ यादव एवम कपिलवस्तु विकास काेष सँभाब्यता अध्ययन प्रतिबेदन समितिबाट युवराज केसि,नारद काेहार,वशिष्ठ तिवारि सहित ८ जना सदस्यहरु रहेकाे पैरवी समिति गठन भएको छ ।
यसै गरी कपिलबस्तु पर्यटन विकास समितिद्धारा वरिष्ठ पुरातत्वविद तारानन्द मिश्रको योगदान एवम स्मृतिमा स्थापित स्व.तारानन्द मिश्र स्मृति पर्यटन प्रर्वद्धन पुरस्कार २०८० (प्रथम) वरिष्ठ पुरातत्वविद प्रा.बसन्त विडारीलाई दिने निर्णय गरेको समितिका अध्यक्ष खनालले बताएका छन । यसैगरी यस अभियानका आगामी अन्य चरणका कार्यक्रमहरुलाई पनि यथासीघ्र निरन्तरता दिई अगाडी बढ्ने खनालले बताएका छन ।
कपिलवस्तु विकास काेष अभियान कार्यक्रमका दस्तावेजहरु सँलग्न गरी अभियानको सातौ चरणमा नेपाल सरकारका प्रधानमन्त्री समक्ष कपिलबस्तु विकास कोषको मागपत्र पेश गर्न कपिलबस्तु जिल्ला स्थित सँघ,प्रदेशका सँसद,स्थानिय तहका प्रमुख एवम कपिलबस्तु विकास कोष अभियानका अभियान्ताहरु सबैलाई लिएर डेलिगेसनमा जाने योजना रहेको कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्षले बताएका छन । कार्यक्रममा उपस्थित सम्पूर्णले कपिलबस्तुकाे दिगो विकास र आर्थिक समृद्धिका लागि छुट्टै स्वयत्त सार्वजनिक निकायको रुपमा कपिलबस्तु विकास कोष गठन भएर मात्रै कपिलबस्तुमा विकासको फड्को अगाडी बढ्ने बताएका छन ।