
सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा रहेको निर्वाण लिगल सोसाइटीले सहिद दिवसको अवसर पारेर यहिं माघ १६ गतेको लागि अनलाइन वकक्तृत्वकला प्रतियोगिता गर्न लागेको छ । सहिदको सपना र नेपालको वर्तमान अवस्था नामक शीर्षकमा प्रतियोगिता गर्न लागिएको हो ।
निर्वाण लिगल सोसाइटीले पछिल्लो समयमा विशेष गरेर विभिन्न दिवसको अवसर पारेर विविध प्रतियोगिता गर्न गर्दै आएको छ । यो प्रतियोगिताले विशेष गरेर युवालाइ सहिदको महत्त्व र सहिदले देखेको सपनालाई हामीले पूरा गर्न सक्यौ् कि सकेनौ भन्ने कुरालाई बुझाउन एवं देशको वर्तमान अवस्थासँग सहिदको सपनामा के फरक छ भन्ने कुराको महसुस गराउन अनलाइन मार्फत वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गर्ने निर्णय गरेको कानूनी समाजका अध्यक्ष विजय सुनारले बताए।
कानूनी समाजले अायोजना गरेको प्रतियोगितामा पुरस्कारको रुपमा प्रथम हुनेलाई रू.२००० नगद, प्रमाणपत्र र मेडल त्यसैगरी द्वितीय हुनेलाई रू.१५०० नगद, प्रमाणपत्र र मेडिल साथै तृतीय हुनेलाई रू.१००० नगद,प्रमाणपत्र र मेडिल प्रदान गरिने कानूनी समाजका कोषाध्यक्ष विष्णु ढकाफले बताए ।
कानूनी समाजले अायोजना गरेको उक्त प्रतियोगितामा प्रथम पुरस्कारको लागि नेपाली काङ्ग्रेस सैनामैना नगर सचिव एवं समाजसेवी अर्जुन पौडेलले प्रायोजन गर्नुभएको छ ,त्यसैगरी द्वितीय पुरस्कारको लागि समाजसेवी एवं विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका सदस्य एवं ज्योतिष राजन कार्कीले प्रायोजन गर्नुभएको छ भने तृतीय पुरस्कारको रुपमा किरण गिफ्ट एण्ड फोटो फ्रेमिङका सञ्चालक एवं युवा व्यवसायी किरण पोख्रेलले प्रायोजन गर्नुभएको छ । सहिद दिवसको अवसर पारेर अायोजना गरिएको उक्त प्रतियोगितामा सैनामैनाका विभिन्न समाजसेवीबाट सहयोग अाइरहेको कानूनी समाजले जनाएको छ ।