
दाङ । दाङमा सिकार खेल्न गएका एक जनाको ज्यान गएको छ । बन्दुकले लागेर बबई गाउँपालिका–४ घर भएका विमल भनिने २४ वर्षका तेजलाल खत्रीको गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय खितलपुर दाङले जनाएको छ ।
सिकार खेल्न खत्रीसहित ११/१२ जनाको समूह शान्तिनगर गाउँपालिका–१ को वनमा जाने क्रममा मल्ले छहरे खोलामा घटना भएको प्रहरीको भनाइ छ ।
घटनापछि समूहमा रहेकाहरुको खोजी भइरहेको प्रहरी निरीक्षक अजयजङ थापाले जानकारी दिनुभयो ।