विश्वले मानेको लुम्बिनीको विकास गर्न नसक्दा लुकाएर राख्नुपर्यो : लामिछाने

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवी लामिछानेले जनता शक्तिशाली हुने देश कहिल्यै पछि नपरेकोे भन्दै अब जनता सचेत हुने समय आएको बताउनुभयो । नेता विग्रेपछि जनताले उसलाई नेतृत्व बाट हटाई सक्षम, इमान्दार र देश र जनता प्रति सकारात्मक नेतृत्व ल्याए देशले कहिल्यै दुख नपाउने दाबी गर्नुभयो ।
आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तुले चारनम्बर स्थित बुद्धरङ्गशालामा आयोजना गरेको खुला सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो । हरेक पाँच/पाँच वर्षमा निर्वाचन भएपनि नेपाली जनताले सधै हारिरहेको भन्दै आगामि निर्वाचनमा नेपाली जनताले जित्ने दाबी गर्नुभयो ।  निर्वाचनको समयमा केहि व्यक्तिले रास्वपालाई बिचरा भन्ने गरेको स्मरण गर्दै अहिले त्यहि रास्वपाका २१ जना सांसदहरुले संसदको गरिमा राखेको दाबी गर्नुभयो ।
अहिले रास्वपाको पछि हिड्दा र चुनावको समयमा जनतालाई दिने केहि नरहेपनि आफुहरुको बहुमतको सरकार आए आउने पुस्ता अहिले जस्तो दुख पाउन नपर्ने दाबी गर्नुभयो । भोको पेट बस्न नपरोस, परिवार पाल्न रुदै विदेसिन नपरोस, उपचारको लगि बेड मिलाइदेउ भन्दै नेतालाई फोन गर्न नपरोस भनेरै आफुहरु आएको भन्दै अब नेपाली जनाता भ्रममा पर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
फरक प्रसङ्गमा उहाँले अहिले विश्वले मानेको लुम्बिनी र बुद्ध सङ्ग सम्बन्धीत क्षेत्रको प्रवदर््धन गर्न नसक्दा लुकाएर राख्नुपरेको बताउनुभयो । पवित्र भुमि कपिलवस्तु र लुम्बिनी क्षेत्रको विकास गर्न अब कपिलवस्तु बाट आगामि निर्वाचनमा सक्षम र इमान्दार व्यक्ति सदनमा जान आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यस्तै पार्टी उपसभापति डोल प्रसाद अर्यालले नेपाली जनताको पार्टी बनेर जन्मिएको रास्वपालाई अब जनताको बिच बाट कसैले टाढा बनाउन नसक्ने स्पष्ट पार्नुभयो । बिद्यमान लैङ्गकि, सामाजिक, भौगोलिक, जातिय विभेदको अन्त्य गरि समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यले आफुहरु आएको भन्दै अब गलत प्रवृत्ति पछाडि हट्नैपर्ने बताउनुभयो । अब देश र जनताको विरुद्धमा लाग्ने प्रवृत्ति विरुद्ध सडक र सदन बाट आन्दोलन गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
त्यस्तै केन्द्रिय सदस्य अर्जुन अधिकारीले रास्वपा पार्टी मात्र रवी भएर नजन्मिएको भन्दै कपिलवस्तुमै कयौं रवी प्रवृत्तिका मानिस रहेको बताउनुभयो । सबैभन्दा ठुलो कुरा बिचार, सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्न सक्ने क्षमता रहेको बान्दै त्यो रास्वपामा मात्र रहेको दाबी गर्नुभयो ।
त्यस्तै केन्द्रिय सदस्य क्रान्ति शिखा धितालले आफु लुम्बिनी भुमिमै जन्मेको र यहाँका जनताको दुख नजिक बाट देखेको भन्दै त्यसलाई निर्मुल पार्न रास्वपा जन्मिएको बताउनुभयो । आफु ए, बि, सि, डि पढ्ने बेलामा एम्बुस र बम पढाइएको भन्दै पुराना दल र तिनिहरुको बिचार र योजना र भिजन बाट देश नबन्ने पुष्टि भैसकेको बताउनुभयो । सिद्धार्थ गौतम जन्मिएको यस भुमिमा विदेशीहरु आएर अनुसन्धान गरेको भएपनि नेपालले भने यसको महत्व चिन्न नसेको बताउनुभयो ।
त्यस्तै लुम्बिनी प्रदेश सभापति देवराज पाठक, प्रदेश प्रवक्ता कमल प्रसाद पौडेल लगायतले बोल्दै देशमा अहिले विभिन्न फाइल खोलिएको भएपनि ति सबै आआफ्नो स्वार्थको लागि रहेको दाबी गर्नुभयो । जनताले देश विकासको लागि चाहिए भन्दा धेरै समय र अवसर दिएको भन्दै अब उनीहरुले देशलाई माथि उठाउन नसक्ने दाबी गर्नुभयो ।
त्यस्तै जिल्ला सभापति शिव कुमार सुवेदीले छाडा पशुचौपाया, सिंचाइ, मल, शिक्षा, स्वास्थ्य लगायत जिल्लाका समग्र समस्याको बारेमा जानकारी गराउनुभयो । जिल्लाका समग्र मागहरु सहितको प्रतिवेदन सभापति लामिछानेलाई प्रदान गर्दै ति मागहरु सदनमा उठाइदिन उहाँले आग्रह समेत गर्नुभयो । आगामि निर्वाचनमा कपिलवस्तुवासीले रास्वपा रोज्नेमा कुनै दुई मत नरहेको भन्दै अव देशमा रास्वपाको लहर चल्ने दाबी गर्नुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation