कपिलवस्तु उद्योग वाणिज्य संघमा सपथ ग्रहण तथा पद हस्तान्तरण

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिवार नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्री सहित नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर केन्द्रिय उपाध्यक्ष श्रीकृष्ण वैद्यले नवनिर्वाचित पदाधिकारीहरुले आग्रह पुर्वाग्रह नराखी सम्पुर्ण उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्नुपर्ने बताउनुभयो । आर्थिक मन्दिका कारण पछिल्ला केहि वर्ष यता देश भरका उद्योगी व्यवसायी मर्कामा परेको भन्दै उनीहरुलाई माथि उठाउने गरि काम गर्न आग्रह गर्नुभयो । कपिलस्तु जिल्ला उद्योग व्यवसायको लागि उपयुक्त रहेको भन्दै यहाँका उद्योगीहरु जागरुक हुने समय आएको उहाँले बताउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले कुनै पनि क्षेत्रको विकासको लागि सरकार र निजि क्षेत्रको सहकार्य जरुरी रहेको भन्दै संघ सङ्ग नगरपालिका सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । संस्थाले सदस्यहरू तथा साना ठुला व्यवसायीहरुको संरक्षण गर्दै अगाढि बढ्नुपर्नेमा जोड दिनुभयो ।

शपथ ग्रहण पछि बोल्दै नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्रीले आफुले जिल्लाका उद्योगी व्यवसायीहरुको पक्षमा खटेर काम गर्ने प्रतिबद्धता जनाउँदै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । चुनावी प्रतिसप्रधा बाट आफुहरु आएको भएपनि संघ र व्यवसायीलाई माथि उठाउन सबैको उत्तिकै भुमिका रहने भएकाले सहकार्यका हतहरु सधै रहिरहनेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश पुर्व अध्यक्ष गुणानिदि तिवारी, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, जम्शेस अलिमिया लगायतले बोल्दै संघमा निर्वाचित पदाधिकारीहरुलाई चुनौती र अवसर दुबै रहेको भन्दै जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा उद्योग व्यवसायको लागि प्रशस्त सम्भावना रहेकोले सबै एकजुट भएर काम गर्नुको विकल्प नरहेको उहाँहरुले बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख उद्यव राज न्यौपानेले उद्योग वाणिज्य संघ र कर कार्यालय बीचको सम्बन्ध सकारात्मक हुनुपर्नेमा बताउनुभयो । उद्योग स्थापना गर्न अन्य जिल्लामा भन्दा कपिलवस्तु धेरै सहज रहेको भन्दै उद्योग स्थापनामा कपिलवस्तुका उद्योगीले चासो देखाउनुपर्ने बताउनु भयो ।

निवर्तमान अध्यक्ष डोलकराम घिमिरेले आफु अध्यक्ष भैरहदा उद्योग व्यवसायीको पक्षमा भरपुर काम गरेको भन्दै आगामि दिनमा आफ्नो सहयोग रहिरहने बताउनुभयो । ३ वर्षे कार्यकालमा आफुहरुले व्यवसायीको पक्षमा विभिन्न काम गरेको भन्दै अबको नेतृत्वले अझ प्रभावकारी ढङ्ग बाट काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

पुर्व लेखा संयोजक मोहन न्यौपाने, पुर्वअध्यक्ष देवी प्रसाद पाण्डे, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखबाहादुर पछाई लगायतले सबै पक्षलाई समेट्दै संस्थालाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।

महिला उपाध्यक्ष इन्दिरा तिमिल्सिनाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव मनोज पौडेल,वर्तमान सचिव नवदत घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रमका संघका निवर्तमान अध्यक्षहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि,बुद्धिजिवि पत्रकारहरुको सहभागिता रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation