४२ औं मगर एकता दिवसको अवसरमा पाल्पाको रामपुरमा सार्वजनिक बिदा

पाल्पा। पाल्पाको रामपुर नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन ११ गते बसेको १४ औं कार्यपालिका बैठकले दिवसको अवसरमा रामपुर नगरपालिकाले १५ गते दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

रामपुर नगपालिकामा मगर समुदायको बहुल्यता रहेको जिल्ला भएको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको रामपुर नगरपालिकाका नगर प्राुख रमण बहादुर थापाले बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मगर समुदायको बाहुल्यता रहेको यस रामपुर नगरपालिकामा ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा यहि मिति २०८०-११-१५ गते नगरपालिका मातहतकासम्पूर्ण कार्यालयहरु, शिक्षण संस्था, स्वस्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त दिन सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

राष्ट्रिय मगर दिवसको अवसरमा रामपुर नगरपालिकाको विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शनसहितका कार्यक्रमहरु हुँदै आएको छ । रामपुरको बेझाँडमा एकिकृत मगर उत्थान समाज र नेपाल मगर संघले संयुक्त रुपमा कार्यक्रम गर्दै आएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation