आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्

काठमाडौं । विवादित मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ।

सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु भएको हो।

आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन)मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्। यससँगै संसदको अवरोध हटेको हो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation