सैनामैना पर्रोहा परमेश्वर नमुना माविले भव्य रुपमा स्वर्ण महोत्सव मनायो

उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना—१ मा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले भव्य रुपमा स्वर्ण महोत्सव मनाएको छ । २०३१ सालमा स्थापना भएको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५० वर्ष पुगेको अवसरमा विविध कार्यक्रम सहित स्वर्ण जयन्ती मनाएको हो ।
फागुन ३ गतेदेखि सुरु भएको स्वर्ण महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका पुर्वअर्थमन्त्री एव उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षामा जोड दिनुभयो ।
संघीय सरकारको नमुना विकासमा सुचिकृत विद्यालय सैनामैना पर्रोहा परमेश्वर नमुना माविले देशमै उत्कृष्ट नतिजा हासिल गर्दै, विद्यार्थीहरुको शैक्षिक सुधार तथा भौतिक पूर्वधार विकासमा प्राप्त गरेको सफलताको प्रशंसा गर्नुभयो ।
पछिल्लो समय रुपन्देहीका सामुदायिक विद्यालयले अब्बल नतिजा दिदैँ शिक्षा विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै विद्यालयको आवश्यक भौतिक पूर्वधारको विकासमा कमी हुन नदिने उल्लेख गर्नुभयो ।
नेता पौडेलले भन्नुभयो, यस विद्यालयमा उत्पदान हुने विद्यार्थीहरुको भविष्य उज्ज्यालो बनाउने गरी शिक्षामा अधुनिकिरण र प्रविधिकरण गरी शैक्षिक गुणस्तार वृद्धि, भौतिक पुर्वधार विकास गर्दै उत्कृष्ट विद्यालय बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
विकासको आर्थिक केन्द्र बुटवल र सैनामैनाको विकासमा कुनै पनि कमी हुन नदिने नेता पौडेलले उद्घोष गर्दै बुटवल गोरुसिगें सडक, सिद्धाबाबा सुरुङमार्ग, बुटवल तिनाउँ पुल, लामिरह बाँध निर्माण, देशकै लामो चक्रपथ निर्माण र अधुरा गौरवका योजनाहरुलाई पुरा गर्न कुनै कसर बाँकी नराख्ने गरि तिनै तहका जनप्रतिनिधिहरुको समन्वयमा काम गर्ने बताउनुभयो ।
सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले देशमै सैनामैनालाई शैक्षिक विकासको नगर भनेर परिचित गराउन सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको भुमिका महत्वपूर्ण बताउँनुभयो । उहाँले शिक्षाको विकासमा नगरपालिकाको ध्यानकेन्द्रित रहेकाले वार्षिक बजेटमा शिक्षामा ठूलो लगानी गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
नगरका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न प्राविधिक र सिकाइमा अधारित शिक्षण क्रियाकलापमा पालिकाले जोड दिदैँ आएकोले विद्यालयले पनि सोही अनुरुप आधुनिक सिप र संस्कारयुक्त सिकाइ सिकाउँदै विश्वमै प्रतिस्पर्धी गर्ने खालको विद्यार्थी उत्पादनतर्फ विद्यालय केन्द्रित हुनेपर्ने बताउनुभयो ।
कार्यक्रम विद्यालय वस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले आजका बालबालिकालाई विज्ञान र प्रविधिसँग जोडदै समयानुकूल प्रविधिमैत्री शिक्षा प्रदान गर्दै शैक्षिक र भौतिक विकासमा अगाडी बढदै आएको बताउनुभयो ।
विद्यालयले समाज र बदालिदो युग अनुसार समान समावेशी वातावरणमा गुणस्तरी शिक्षा प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक नेत्र पुरीले बताउनुभयो । विद्यालयले हासिल गरेको शैक्षिक उपलब्धि विद्यार्थी, अभिभावक र शिक्षक, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिको साथ सहयोगले सम्भाव भएकाले थप शैक्षिक योजनामा सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सैनामैना नगर उप प्रमुख विना राना, निवर्तमान नगर प्रमुख चित्र बहादुर कार्की, सैनामैना शिक्षा शाखा प्रमुख राधा बेल्वासे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापका विजयी, विद्यार्थीहरुलाई पुरस्कार, उत्कृष्ट शिक्षक तथा कर्मचारी पुरस्कार, चन्दादाताहरुलाई कदर पत्र प्रदान गरिएको थियो भने विद्यालय स्थापनादेखि हलसम्म विभिन्न क्षेत्रबाट योगदान पु¥याएका व्यक्तित्वहरुलाई पनि कदर—पत्रले सम्मान गरिएको थियो । स्वर्ण महोत्सव समारोहमा आयोजित अतिरिक्त क्रियाकलापमा दशरथ चन्द्र रेड हाउस विजेता र धर्मभक्त मेथमा ग्रीन हाउस उपविजेता बन्न सफल हुदै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सैनामैना नगरपालिकामा एकमात्र संघीय नमुना विकासमा सुचिकृत विद्यालय सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयमा प्रारम्भिक बालविकास देखि कक्षा १२ सम्म पढाई हुदैँ आएको छ । सुचना तथा प्राविधिक विस्तार र प्रयोगसहित विद्यालयमा कक्षा ११ र १२ मा शिक्षा, विज्ञान, वाणिज्य संकाय तथा होटेल म्यानेजमेन्ट विषयमा प्रभावकारी शिक्षण सिकाई हुदै आएको छ । पुस्तकालय, विज्ञान, गणित र कम्प्युटर प्रयोगशाला तथा खेलकुद स्थलहरु रहेको । विद्यालय २ हजार ५ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation