बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहकाबिच तीन दिने त्रिपिटक (पाठ) कार्यक्रमको उद्घाटन गरेका हुन् । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सह आयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसात् गरेको बताउँदै विश्वभर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताए । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौँमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रूपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको सुनाए ।

गृह मन्त्रालयले मेडिटेसनलाई सुरुवात गरिसकेको समेत उनले बताए । आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै उनले अब मान्छेलाई स्वरूपान्तरणले परिवर्तन गर्न सकिने बताए । गृहमन्त्री श्रेष्ठले अपराध न्यूनीकरण गर्न ध्यान नै उपयोगी हुने बताए । बुद्धले ‘आफैलाई हेर र फेर’ भन्ने शिक्षा दिएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने उनको भनाई छ ।

तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठले बुद्धको शिक्षालाई फैलाउन निकै महत्त्वपूर्ण योगदान गर्ने उनले बताए । गृहमन्त्री श्रेष्ठले त्रिपिटक गौतम बुद्धको शिक्षाको भण्डार भएको समेत बताए । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा।ल्हारक्याल लामा ९खेन्पो छिमे०ले बुद्धको दर्शन र विचारलाई विश्वले अङ्गीकार गरेकाले त्यसलाई फैलाउनका लागि त्रिपिटक जस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

उनले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाहरूको सङ्ग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने बताए । उपाध्यक्ष लामाले बुद्ध दर्शन नेपालको संस्कृति र परम्परा भए पनि विश्वले अङ्गीकार गरेकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिए । तीन दिने पाठ कार्यक्रममा भारतका बौद्ध तीर्थस्थल बोधगया, सारनाथ, कुशिनगर, राजगृह, श्रावस्तीका भिक्षु भिक्षुणी सहित देशका विभिन्न जिल्लाबाट उपासक उपासिकाहरुको उपस्थिति रहेको छ ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको सङ्गृहीत ग्रन्थ त्रिपिटक हो । अपि धम्म सूत्र पिटक, सुत्त पिटक र सम्राट् अशोकको पालामा दोस्रो शताब्दी ईश पूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation