सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको अहिलेसम्मकै धेरै १ लाख २३ हजार

काठमाण्डौ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि हिजो  १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुगेको हो । यसअघि गएको  पुस १२ गते सबैभन्दा बढी १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलामा एक हजार चार सय १० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँ बढेर एक हजार चार सय ४५ रुपैयाँ पुगेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation