सैनामैना–७ लाई माओवादी केन्द्र शाखा कमिटीको ध्यानाकर्षण

उपकार अनलाइन, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं. ७ को गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको माटो सम्याउने बाहानामा तस्करी भएको भन्दै वडा कार्यलयलाई नेकपा माओवादी शाखा कमिटिले ध्यानाकर्षण गराएको छ ।

नेकपा माओवादी केन्द्र सैनामैना ७ वडा कमिटिले मंगलवार बन्दै गरेको क्रिकेट रंगशालाको माटो सम्याउदा निस्केको माटो वडाको विभिन्न सार्वजनिक कम्पाउण्ड भित्र हाल्ने सहमती भए पनि अहिले सहमती विपरीत काम भएको भन्दै वडालाई ध्यानाकर्षण पत्रमा बुझाएको हो । साथै निर्णय विपरितका क्रियाकलाप भएको भन्दै सर्वदलिय सहमति नरहेको र सहमती फिर्ता लिएकोे जानकारी उक्त पत्रमा लेखिएको छ ।

पत्रमा लेखिएको छ ।
श्री वडा अध्यक्ष ज्यु,
र्सनामैना वडा नं. ७, रुपन्देही
विषप – सहमती पिर्ता तथा ध्यानाकर्षण सम्वन्धमा
महोदय,
उपपरोक्त विषयका सम्वन्धमा यस सैनामैना वडा नं. ७ मा अवस्थित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला लम्टैयाको खेल मैदानमा नगर बाट रु ५०००००।– (पाच लाख विनियोजित) भएको र उक्त बजेटबाट सामान्य माटो कटिङ किलिङ गर्ने र निस्केको माटोलाई वडा न.७ भित्रका सार्वजनिक स्थान ( शहरी स्वास्थ्य केन्द्र, सभाहलको कम्पाउण्ड) लगायत संघ सस्थाको घेरबार भित्र माटो राख्ने सर्वदलिय सहमती भएको र ढुवानीको लागि ति क्षेत्रको इष्टिमेट बमोजिम माटो राख्ने र ढुवानी खर्च रंगशालाको बजेट बाट दुइ लाख र वडाको पुर्वधार निर्माण सहयोग बजेटबाट दुइलाख विनियोजित गर्ने सहमती गरी काम संचालन हुदै गर्दा माटो वडा भन्दा वाहिर पैठारी गरी दुरुपयोग भएको र केहि संस्थाको कमाण्डमा निर्णय विपरीत पैसा मागेकोे हुनाले निर्णय विपरितका क्रियाकलाप भएको हुनाले हाम्रो पार्टिको सहमति नरहेका र सहमती फिर्ता लिएकोे जानकारी गराउदछांै । साथै पार्टिको यस्ता हर्कत पर्ति गम्भिर आपती रहेको छ । पुनः सार्वजनिक जंग्गा संरक्षण समितिले गरेको सहमती कार्यान्वयन नभएकोले तत्काल माटो ढुवानी प्रकृया वन्द गर्नको लागि वडा समितिलाई ध्यानाकर्षण गराउदछौं ।
सकारातमक कामको लागि सहयोग गर्दछौं, गलत प्रवृती र गलत कामको भण्डाफोर गर्दछौं । हाम्रो अभियान जारी छ ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation