सैनामैना क्रिकेट क्लबले गर्‍यो खेलाडीलाई जर्सी हस्तान्तरण

उपकार अनलाइन, सैनामैना ।
सैनामैना क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिगमा सहभागिता जनाउने खेलाडीका लागि जर्सी वितरण गरेको छ । फागुन २८ गते देखि सुरु भएको रुपन्देही सुपर लिगमा सैनामैनाबाट खेल खेल्न छनोट भएका १६ खेलाडीहरुलाई सैनामैना नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच जर्सी हस्तान्तरण गरेको हो ।

खेलाडीहरुलाई जर्सी प्रदान गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले खेलाडीहरुलाई अनुशासित भएर खेल प्रदर्शन गर्न अनुरोध गर्नुभयो । खेलाडीले राष्ट्रको गौरव, शान, मान र पहिचान स्थापित गर्न सक्ने हुनाले नगरपालिका खेलप्रति सकारात्मक रहेको बताउदै प्रतियोगितामा सहभागी हुने खेलाडीले अनुशासनमा रहेर खेल खेल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, खेल हारजित एउटा प्रक्रिया मात्र हो, मैदानमा उत्रि सकेपछि कि जितिन्छ, कि सिकिन्छ भन्ने कुरालाई आत्मसात् गर्दै खेल क्षमतालाई विकासित गर्दै अगाडि बढ्नुपर्ने भनाई राख्दै जितको शुभकामना दिनुभयो ।

सैनामैना उपप्रमुख विना रानाले प्रतियोगिताले खेल क्षमता वृद्धि र सिकाई प्रदान गर्ने हुनाले उत्कृष्टका साथ खेल खेल्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । खेल शारीरिक विकाससंगै व्यवसायीक खेलाडी उत्पादनमा पनि यस्ता खालका खेल महत्त्वपूर्ण हुने बताउदै उहाँले राष्ट्रिय खेलाडीहरुसंग खेल खेल्दा अनुभव प्राप्त हुने हुनाले त्यहि सिकाईको प्रयोग गरि अन्तर्राष्ट्रिय स्तरसम्मका खेलाडी बन्नुुपर्ने बताउनुभयो । खेलको मुख्य पक्ष अनुशासन भएकाले खेलाडीहरुलाई असल र अनुशासित भएर खेल खेल्न सैनामैना क्रिकेट क्लबका अध्यक्ष कृष्ण भण्डारीले अनुरोध गर्नुभयो । उहाँले सैनामैनामा क्रिकेट खेलको विकासको निमित्त यो क्लब स्थापना गरेर यस क्षेत्रका उदायीमान खेलाडीहरुको खेल क्षमता र हौसला बढाउने कार्य गर्दै आएको अध्यक्ष भण्डारीले बताउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर खेलाडी उत्पादन र सैनामैनाको खेल विकासमा क्लबले निरन्तर लागि रहेको समेत बताउनुभयो ।

सैनामैना क्रिकेट क्लबका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता उपप्रमुख विना रानाको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष कृष्ण ज्ञवालीले गर्नुभएको थियोे ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation