एसइई परिक्षामा सैनामैनाबाट १ हजार ६ सय ७३ विद्यार्थी सहभागि हुँदै

उपकार अनलाइन, सैनामैना ।
यस वर्षको एसइई परिक्षा भोली (विहिवार) बाट सुरु हुदै छ । भोली (विहिवार) देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा सैनामैना नगरपालिकाबाट १ हजार ६ सय ७३ विद्यार्थी सहभागि हुंदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख माधव बन्जाडेका अनुसार सैनामैना नगरपालिकाबाट १ हजार ६ सय ७३ विद्यार्थीले परिक्षा दिनेछन् । परीक्षा सञ्चालनका लागि सैनामैना नगरपालिकामा ५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनका अनुसार सुनगाभा इङ्लिस बेडिङ्ग स्कुल, पर्रोहा माध्यामिक विद्यालय, प्रभात इङ्लिस बेडिङ्ग स्कुल, रामापुर माध्यामिक विद्यालय र पशुपती माध्यामिक विद्यालयलाई परिक्षा केन्द्र तोकिएको छ । परीक्षालाई मर्यादित, अनुशासित, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न प्रत्येक केन्द्रमा केन्द्राध्यक्षको नियुक्ति गरिएको र आवश्यक सुरक्षा व्यवस्था जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपालबाट गरिएको उनको भनाई छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation