सैनामैना । सैनामैना नगरपालिका वडा नं.४ ले युवा तथा बाल क्लबलाई खेलकुद सामाग्री वितरण गरेको छ । वडाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम अन्र्तगत बुधवार एक कार्यक्रमको आयोजना गरि युवा तथा बाल क्लबलाई खेलकुद सामाग्री वितरण गरिएको हो ।
सैनामैना वडा नंं ४ का कार्यबाहक अध्यक्ष तेज नारायण सुवेदीको अध्यक्षता तथा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा फुटवल, भलिबल, क्रिकेट वल, व्याडमिन्टन, नेट र जर्सी लगायतको वडाका बाल क्लबलाई खेलकुद सामाग्री प्रदान गरिएको थियो ।
सो अवसरमा नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाको खेल क्षेत्रको विकासमा निरन्तर लागेको बताउनुभयो । शिक्षासँगसँगै बालबालिकालाई खेलकुद क्षेत्रमा पनि अगाडी बढाउनुपर्ने आवश्यकता उल्लेख गर्दै उहाँले खेल सामाग्रीको सही सदुपयोग गरी सैनामैनाको खेल क्षेत्रको विकासमा देशैमै अब्बल बनाउने तर्फ अगाडी बढ्न खेलाडी बालबालिकालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य निर्मला बगाले, सैनामैना खेलकुद विकास समितिका संयोजक खिम श्रेष्ठ र राष्टिय युवा क्लबका सचिव अनुस्का न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो । वडा सदस्य निशा परियारको स्वागत तथा वडा सचिव हेमराज चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।