बुटवलमा प्रभावकारी बन्दै ‘बा-आमासँग’ नगरप्रमुख कार्यक्रम

अनिता चौधरी, सैनामैना ।
बुटवल उपमहानगरपालिका १२ की कमला क्षेत्री उमेरले ९० वर्ष पुगिन् । बुढेसकालको उमेरले च्यापेपछि उनलाई विभिन्न रोगहरु देखापर्न थाल्यो । उनी शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन् रोगहरुको शिकार भइन् । उपचारका लागि बुटवलसम्म पुग्न पनि उनलाई धौ — धौ लाग्न थाल्यो । बिरामी हुँदा अस्पातलमा घण्टौ सम्म लाइनमा पालो कुर्नुपर्ने बाध्यताले उनी आजित पनि थिइन् ।

क्षेत्रीलाई बुढ्यौली उमेरमा त्यसमाथि समय —समयमा चेकजाँजको लागि एकदिन पहिला नै टिकट काट्नुपर्ने थियो । तर, पछिल्लो समय भने आफुले यस समस्यालाई बुटवल उपमहानगरले समाधान गरिदिएको सुनाइन् ।
उनले भनिन,— “पहिला अस्पतालमा घण्टौ समय पर्खेर स्वास्थ्य उपचार गर्थे, तर अहिले बा—आमासँग नगर प्रमुख कार्यक्रम अन्तर्गत स्वास्थ्य जाँच गाउँघरमै गर्छु, त्यो पनि विशेषज्ञ डाक्टर र जाच्ने मेसिन सहित ।” “खुसी साट्दै टाढा जाने झनझट पनि परेन, पैँसा पनि लागेना कति सजिलो भयो —उनले थपिन् । ”

यस्तै सोही वडाका निमलाल पौडेलले पनि आफ्नै टोलमा स्वास्थ्य परिक्षण गर्न पाउदा दंग छन् । घरदैलोमै यसरी स्वास्थ्य सेवा पाइने भएपछि मंहगो शुल्क तिरेर अन्त उपचार गराउन जानुपर्ने बाध्यता हटेको विचार व्यक्त गरे । “सामान्य रक्तचाप, अक्सिजनको मात्रा जाँच्न स्वास्थ्य संस्था धाउनुपथ्र्यो, तर हाल आफ्नै घर टोलमै डाक्टर र औषधीसहितको निःशुल्क स्वास्थ्य उपचार गर्न पाउँदा निकै खुसी महसुस गरेको छु —पौडेलले भने । ” बा—आमा सँग नगरप्रमुख कार्यक्रमले समान्य स्वास्थ्य उपचारको लागि टाढा स्वास्थ्य चौकी जानुपर्ने बाध्यता टरेको बुटवल १३ का दिनानाथ पौडेलले बताए । घरदैलोमै स्वास्थ्य उपचार गर्न पाउँदा बढी सहयोग मिलेको उनको भनाई छ ।

पहिलापहिला समान्य अक्सिजन जाँचका लागि पनि अस्पताल जानुपर्ने अवस्था थियो । “उमेर ढल्किदैँ गएपछि शरीरले काम गर्न छोडेपछि अस्पतालसम्म पुग्न गाह्रो हुन्थ्यो, अहिले टोलमै गएर ठूला डाक्टरसँग उपचार गर्न पाइन्छ—उनले भने, स्वास्थ्यजाँचसँगै निशुल्कऔषधी सहित कोशेली पनि मिल्ने र आफ्नो शारीरिक अवस्था पनि पत्ता लाग्ने ।” उनले अहिले अस्पातलमा पुगेर उपचार गराउनुको साटो गाउँ टोलमै स्वास्थ्य उपचार गराउन पाउँदा सहज र खुसी लागेको अनुभव साटे ।

आफ्नो स्वास्थ्य जाँच गराउन आएका बुटवल १२ तामनगर निवासी आत्मराम गौतमले यति सजिलै घर आँगनमा स्वास्थ्य उपचार गराउन पाउँदा निकै नै सहजता भएकोमा खुशी व्यक्त गरे । पहिले अस्पातलमा स्वास्थ्य सेवा लिन जादाँ घण्टौ कुर्नुपर्ने बाध्यता थियो भने, हाल घर आँगनमै विशेषज्ञ डाक्टरसहितको उपचार सेवाले टाढा जानुपर्ने बाध्यता टरेको उनको भनाइ छ । बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले बा—आमासँग नगरप्रमुख कार्य अन्तर्गत ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम गरिएको बताए । “ज्येष्ठ नागरिकप्रति स्थानिय सरकार उत्तरदायी छ, भन्ने अनुभुति गराउन बा—आमासँग स्वास्थ्य चेकजाँच अभियान संचालन गरेका हौँ — नगर प्रमुख पाण्डेले भने । ” पाण्डेका अनुसार स्वास्थ्य उपचार कार्यक्रमलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पातल, बुटवलका निजी अस्पताल र स्वास्थ्य केन्द्रसँग सहकार्य गरी पिपिमोडेल अनुसार थप व्यवस्थित गरिदैछ ।

घरदैलो स्वास्थ्य अभियानबाट धेरै अनुभवप्राप्त भैसकेकाले थप के कस्ता सुविधा दिन सकिन्छ त्यसको तयारीमा पालिका र स्वास्थ्य शाखा लागेका छ, । स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी र फलदायी बन्ने धारणा राख्दै प्रमुख पाण्डेले बुटवलले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा विशेष चासो दिएको बताए । साथै आगामी वर्षमा यस कार्यक्रमलाई बृहत बनाउने योजना रहेको उनले सुनाए । पालिकामा जेष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पहूँचमा पु¥याउन बा—आमासँग नगर प्रमुख कार्यक्रमले योगदान गर्ने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालको भनाइ छ । पालिकामा जेष्ठ नागरिकको सँख्या यकिन गर्न समेत अभियान महत्वपूर्ण रहने बताउँर्दै कार्यक्रमको दायरा थपविस्तार गर्दै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

बृद्धबृद्धा एवम् जेष्ठा नागरिकहरुको जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिक र आपङ्गता व्यक्तिहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण अभियान संचालन गरिएको जनस्वास्थ्य शाखाप्रमुख यूवराज पाण्डेले बताए । स्वास्थ्य सेवा कार्यक्रम संचालनमा आएसँगै यहाँका नागरिकले घरदैलोमा शिविर मार्फत सेवा लिइरहेको पाण्डेको भनाइ छ ।

परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएमा त्यसको पहिचान र समाधान गर्न उपचारको दयारामा ल्याएर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा अन्य निजी अस्पतालसँग समन्वय समेत गर्ने गरिएको शाखाले जनाएको छ । अभियानमा रगतमा सबै खालका परीक्षण गर्न नसकेको खण्डमा परीक्षण गरिएको कार्ड सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा लिएर जादा निःशुल्क रगतजाँच, एक्सरे र भिडियो एक्सरे लगायताका चेकजाँच हुन्छ । ६० वर्षमाथिका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वर्गको आधारमा सबैका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि पालिकाबाट ४ लाख वजेट विनियोजन गरिएको छ । साथै विशषज्ञ चिकित्सकहरुमार्फत इसीजी र ल्याबसहितको स्वास्थ्य परीक्षण समेत भइरहेको छ ।

माघ २३ गते देखि बुटवल १२ तामनगर प्रगती टोलकी ११० वर्षीय ऐरावती बराईको स्वास्थ्य परीक्षण गरी बा—आमा सँग नगरप्रमुख कार्यक्रम सुरु भएको जनस्वास्थ्य निरिक्षक कल्पना भुसालले जानकारी दिइन् । पालिकाका १९ वडामै संचालन हुने स्वास्थ्य परिक्षणमा वडा नम्बर १, २, ३, १२ र १३ मा शिविर सम्पन्न भएको छ भने वडा नम्बर ११ मा कार्यक्रम चलिरहेको छ । उनका अनुसार वडा नं. १ मा १ सय ७३, वडा नं. २ मा १ सय २९, वडा नं. ३ मा १ सय ७६, वडा नंं. १२ मा १ सय १ सय ९, वडा नं. १३ मा १ सय ६ जना र वडा नं. ११ मा चैत्र ७ गते सम्म ३ सय १६ जना गरी अहिले सम्म करिब १ हजार जेष्ठ नागरिक तथा आपङ्गता भएका व्यक्तिहरुले सेवा लिएको निरिक्षक भुसालको भनाइ छ ।
घरदैलोमै स्वास्थ्यकर्मीसहति निशुल्क स्वास्थ्यजाँच, उपचार, औषधी र परामर्श दिदाँ ज्येष्ठ नागरिकमा उत्साह थपिएको छ । भने बाँकी वडाहरुबाट समेत चासो दिएर ज्येष्ठ नागरिकहरु अन्य वडामा सेवा लिनका लागि पुग्ने गरेको उपमहानगरपालिकाले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation