उपकार लघुवित्त वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सैनामैना। उपकार लघुवित्त वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना वुद्धनगर शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तीय संस्थाले आर्थिक विकास तथा समाजिक रुपान्तरणका लागि कार्य गर्नु पर्ने सैनामैना नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष धन प्रसाद पौडेलले सो कार्यक्रममा बताउनुभयो । संस्थाबाट लिएको कर्जाको सहि ठाउँमा सदुपयोग गरि आम्दानी बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । आफुले लिएको कर्जा उत्पादनशिल क्षेत्रमा लगानी गरि आर्थिक रुपमा सक्षम उद्यमी बन्नु पर्ने उहाँले बताउनु भयो । सहि उद्देश्य राखी क्रृण लिनु पर्ने र संस्थाले क्रृण दिनु पर्ने उहाँले सुझाव समेत दिनु भयो ।

महिलाहरुमा वित्तीय सचेतना तथा वित्तीय साक्षरता जगाउने, बचत गर्ने बानीको विकास गराउने, सही वित्तीय निर्णय लिने क्षमताको विकास गराउने, संस्थाका बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको वित्तीय संस्थाकी कार्यकारी प्रमुख शारदा कुमारी खत्रीले बताउनुभयो ।

बैंकिङ्ग तथा बित्तीय साक्षरता र महिला सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गरिने विभागिय प्रमुख विमल खनालले बताउनु भयो । संस्थाले दिने सेवा तथा कार्य र संस्थाका विषयमा उहाँले प्रकाश समेत पार्नु भएको थियो । कार्यक्रममा वित्तीय संस्थाको परिचय, महत्त्व तथा आवश्यकता, बचत तथा ऋण प्रवाह, कर्जाको सहि सदुपयोग कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सैनामैना वडा नं. ५ की वडा सदस्य मन कुमारी राई, वडा सदस्य पदमपाणी चापागाई, वित्तिय संस्था बुद्धनगर शाखाकी प्रमुख विना चौधरी लगाएतले वित्तीय सक्षरताका विषयमा बोल्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट क्रृणी तथा उद्यामी महिलाहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation