एमालेबाट राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार कपिलवस्तुकी घिमिरे

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। एमालेले कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो। यही चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ। फागुन ३० गते एकीकृत समाजवादी पनि गठबन्धनमा थपिँदा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष पाउने सहमति हटेको थियो। अहिले एमालेले उम्मेदवारी दिने निर्णय गरेको हो।

राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दलका रूपमा रहेको छ। अध्यक्षसहित माओवादीका १८ सांसद छन्। नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ सांसद छन्। जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चा एक सांसद छन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation