उपकार अनलाइन, सैनामैना ।
अन्तराष्ट्रीय विकास र शान्तिको लागी खेलकुद दिवसको अवसरमा दारी ग्याङ रुपन्देहीद्वारा अयोजित पालिका स्तरीयूप्रथम दारी ग्याङ रुपन्देही क्रीकेट प्रतियोगिताू सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा रुपन्देहिका ५ पालिका सैनामैना नगरपालिका, बुटवल उप–महानगर पालिका,सुद्दोधन गाउँपालिका,कंचन गाँउपालिका र तिलोत्तमा नगरपालिकाले सहभागिता जनाएका थिए।
फाइनल खेलमा दारी ग्याङ टिम कंचनलाई ६ बिकेटले पराजित गर्दै दारी ग्याङ टिम सैनामैना प्रथम भएको छ। फाइनलमा दारी ग्याङ टिम कंचनले टिम सैनामैनालाई १२० रनको बिजय लक्ष्य दिएको थियो जुन लक्ष्य टिम सैनामैनाले १०.४ ओभरमै पूरा गरि टिम सैनामैना प्रथम भएको थियो।
कार्यक्रम दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेलको अध्यक्षता, लुम्बिनी प्रदेश दारी ग्याङ सह संयोजक अमृत गौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
त्यस्तै दारी ग्याङ रुपन्देहीका सचिब सौरभ प्रसाद ढकाल,सह-सचिब बिष्णु पाण्डे,कोषाध्यक्ष संजय चालिसे,जिल्ला सदस्य सागर थापा क्षेत्री, जिल्ला सदस्य राजन क्षेत्री , सन्स्थापक अध्यक्ष प्रदिप गैरे ,सैनामैना दारी ग्याङ प्रतिनिधि पवन ज्ञवाली, बुटवल प्रतिनिधि सन्तोस न्यौपाने,कंचन प्रतिनिधि कुमार क्षेत्री, तिलोत्तमा प्रतिनिधि जीवन बिश्वकर्मा, सुद्दोधन प्रतिनिधि रमेश खनाल, अस्थाइ प्रहरी बिट कलौनिका इक्चार्ज राम प्रसाद पौडेलको आतिथ्यता र गगेश गौतमको सयोजगत्वमा कार्यक्रम भएको थियो भने कार्यक्रम सचांलन दारी ग्याङ रुपन्देहिका सदस्य प्रदिप कोइरालाले गर्नुभएको थियो।