![](https://upakaronline.com/wp-content/uploads/2024/04/434063468_309871111924042_6057838627197970661_n-670x420.jpg)
प्रदिप ज्ञवाली, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं २ रानीबगियामा रहेको लिटिल बर्डस इङलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आज एक कार्यक्रम आयोजना गरि शैक्षिक सत्र २०८० को वार्षिक नतिजा प्रकाशन गरेको जानकारी विद्यालयका प्राचार्य धर्मराज घिमिरेले दिनुभयो ।
कार्यक्रममा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य घिमिरेले गुणस्तरीय शिक्षासङ्गै विद्यार्थीको क्षमता प्रस्फुटन गर्दै विद्यार्थीहरुको व्यक्तित्व विकास गरिरहेकाले विद्यालय अभिभावकहरुको रोजाईको शैक्षिक केन्द्र बनिरहेको प्राचार्य घिमिरेले बताउनुभयो ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मको (आठ बाहेक) नतिजा सुनाइएको हो । कार्यक्रममा सफलता हात पार्ने विद्यार्थीहरुलाई सम्मान सङ्गै अनुशासन,सरसफाइ , उच्च हाजिरी लगायत विभिन्न बिधामा उत्कृष्टता हासिल गर्ने बिद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य , गायन लगायतले मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रम बिद्यालयका प्राचार्य घर्मराज घिमिरेको अध्यक्षता, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसागर शर्माको प्रमुख आतिथ्यता, प्रमुख सल्लाहकार सु।मे । श्यामबहादुर थापा , विभिन्न समितिका सदस्यहरु , अभिभावक , कर्मचारी , शिक्षक, विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम भएको हो । कार्यक्रम सह-प्राचार्य सुरेश पौडेलको स्वागत एवम् शिक्षक अनिश भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।