सत्ता समिकरणमा प्वाल पारेर नेपाली कांग्रेस सत्तामा आउन चाहान्छः पौडेल

बागलुङ । नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गृहमन्त्रीको विषयमा अनुसन्धान गर्न संसदिय छानविन समिति बन्छ भन्नु भ्रम मात्रै भएको बताएका छन् ।

वर्तमान सरकार गिराउनकै लागि प्रतिपक्षले संसदको समय बर्बाद गरेर अनुचित माग गरिरहेको पौडेको आरोप छ । गृहमन्त्रीलाई राजीनामा गराउने र वर्तमान समिकरणमा प्वाल पारेर आँफु सत्तामा आउनकै लागि नेपाली कांग्रेसले संसदिय समितिको माग गरेको उनको भनाई थियो ।

राज्यका निकायहरुले सहकारी ठगीका विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै संसदिय छानविन समितिको आवश्यकता नरहेको उनले बताए । ‘छानविन नगर्ने भन्ने होईन्, सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठिक छैन्, उसले सत्ता समिकरण बिगार्नका लागि मात्रै यो माग गरिरहेको छ’ पौडेलले भने ‘संसदको समय दुरुपयोगको काम मात्रैमा कांग्रेस तल्लिन भयो ।’

वर्तमान सरकार र सत्ता समिकरण लामो सयम टिक्ने दाबी गर्दै पौडेलले अहिलेको समिकरण बिगार्न लागेकाहरुप्रति एमाले सचेत रहेको बताए । दशौं जिल्ला अधिबेशनको बिहिबार उद्घाटन गर्दै पौडेलले कम्युनिष्ट फुटालेर राज गर्न खोज्ने कांग्रेसको पालो अब सकिएको जिकिर गरे । कम्युनिष्ट शक्तिहरुका बीचमा समिकरण बन्दा जनतामा आशा पलाएको भन्दै पौडेलले यो सरकारले जनताका काम गर्ने बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation