सैनामैना जेसिजको भित्ते पात्रो विमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न

सैनामैना । सैनामैना नगरपालिकामा रहेका अन्तर्राष्ट्रिय संस्थाहरू मध्येको सैनामैना जेसिज विशेषगरी १८ देखि ४० वर्षका युवाहरूद्वारा सञ्चालित रहेको अन्तर्राष्ट्रिय संस्था हो जसले आज एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान एवं नयाँ वर्ष २०८१ सालको भित्ते पात्रो विमोचन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना जेसिजका संस्थापक अध्यक्ष एवं वर्तमान सैनामैना नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले विशेषगरी युवा व्यक्तित्वहरू रहने यो जेसिजमा त्यही उमेरमा नै मान्छेले अध्ययन पनि गर्नुपर्ने, परिवारलाई पनि हेर्नुपर्ने, जीविकोपार्जनका लागि आम्दानी पनि गर्नुपर्ने, यो सम्पूर्ण कुराको व्यवस्थापन गर्न जेसिजले सजिलैसँग सिकाउने कुरा व्यक्त गर्नुभयो । जेसिजमा लागेका युवाहरूले धेरै कुरा सिकेको हुँदा समाज निर्माणका लागि यी युवा हरु तालिम र योजना बनाउनका लागि सधैँ तत्पर रहने हुँदा जेसिजका युवाबाट समाज सँगसँगै नगर सँगसँगै देश नै परिवर्तन गर्न सक्ने क्षमता भएकाले यसलाई राम्रोसँग प्रयोग गर्न आग्रह सँगै शुभकामना व्यक्त गर्नुभयो।

नेपाल जेसिजका पूर्व उपाध्यक्ष एवं सैनामैना जेसिजका पूर्व अध्यक्ष जेसी बिमल ज्ञवालीले युवाहरूलाई तत्पर भएर काममा लाग्नुका साथै जेसिजमा जोडिँदै गर्दा कोही पनि मान्छे अपुरो र अधुरो नहुने कुनै पनि ढङ्गबाट साथ सहयोग एकपछि अर्को गर्दै जेसिस मनबाट पाउने हुँदा जेसिजमा लाग्दै गर्दा आफूले धेरै फाइदा पाएको र युवाहरूलाई जेसिजमा तत्पर भएर लाग्नका लागि पनि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सैनामैना जेसिजका पूर्व अध्यक्ष नन्दबहादुर थापा क्षेत्री बोर्ड सल्लाहकार गोविन्द खरेल, अध्यक्ष सल्लाहकार अशोक खड्का, श्री भट्टराई, विष्णु सापकोटा, रामदेव चौधरी लगायतले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।

संस्थाका अध्यक्ष शिशिर ज्ञवालीले सम्पूर्णको साथ र सहयोगले छोटो समयमा नै क्यालेण्डर विमोचन सँगसँगै शुभकामना आदानप्रदान कार्यक्रम राख्न सकिएको हुँदा विशेषगरी सैनामैना जेसिसको क्यालेण्डर प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता सैनामैना जेसिस वर्ष २०२४ का अध्यक्ष जेसी शिशिर ज्ञवालीको अध्यक्षता एवं स्वागत सैनामैना जेसिजका पूर्व अध्यक्ष रामचन्द्र ढकालको स्वागत एवं कार्यक्रमको सञ्चालन २०२४ का महासचिव भेषराज भण्डारीले गर्नुभएको थियो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation