अन्तिम सभामा ओलीले सुहाङलाई भने, ‘अब संसद् भवनमै भेटौँला’

इलाम । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि मौन अवधि अघि नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा आज अन्तिम चुनावी सभा आयोजना गरेको थियो।

चुनावी सभाका प्रमुख वक्ता थिए नेकपा एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली।​चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि ओलीले ठट्टा गर्दै भने ‘आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ, सुहाङ, अब संसद्‍ भवनमै भेटौँला।’

सभाका क्रममा केपी ओलीले सुहाङलाई सोधे ‘कति भोटले जित्नुहुन्छरु’ सुहाङको जवाफ थियो–‘त्यो त इलामेली जनतालाई सोध्नुपर्छ।’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनतामाथि उनको विश्वास मलाई मन पर्‍यो।’

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation