सैनामैनामा जियोकृषि डिजिटल कृषि तथा पशु परामर्श सेवाबारे अभिमुखिकरण

उपकार अनलाइन, सैनामैना ।
सैनामैना नगरपालिकामा जियोकृषि डिजिटल कृषि तथा पशु परामर्श सेवा सम्बन्धित एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा उपप्रमुख विना रानाको विशिस्ट आतिथ्यतामा नगरपालिकाका किसानलाई डिजिटल कृषि प्रविधिमा जोड्न जियोकृषि डिजिटल कृषि तथा पशु परामर्श सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
परम्परागत रुपमा खेति गर्दै आएका किसानका लागी कृषि मोबाइल एप्स प्रविधि निकै उपयोगी र आवश्यक रहेको सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनुभयो । यहाँका स्थानीय किसानहरूलाई कृषि सूचना प्रविधिको पहुँच ल्याएर कृषि उत्पादन र उत्पादकत्व बढाउन जियो कृषि एप्स९मोबाइल एप्स० फाइदा हुने विश्व व्यक्त गर्नुभयो । मेयर शर्माले किसानलाई कृषि पेशालाई व्यवसायीक र उत्पादकत्व वृद्धि गर्न सहि कृषि प्राणालीलाई अवलम्बन गरि मौसम र ठाउँ अनुसार जमिन, हावापानी र वातावरणमा कस्तो खालाका बाली उत्पादन गर्न सकिन्छ सोहि अनुरुप खेतीपाती, बालीनाली लगाएर खेती गर्न सके मात्र कृषिमा उत्पादन बढाउन सकिने र कृषि पेशामै आत्मनिर्भर र व्यवसायीक बन्न सकिने हुनाले त्यसतर्फ किसानले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले यो कृषि किसानको लागी महत्वपुर्ण भएको हुँदा यसलाई प्रचारप्रसारको आवश्यकता भएको बताउँदै व्यवसायीक र उत्पादनमुखि कृषि प्राणालीमा सहयोगी बन्ने बताउनुभयो ।
जियो कृषि एपको माध्यमबाट कृषकले छिटो र सरल तरिकाले समस्या समाधान गर्न सकिने हुँदा एप्स सहयोगी हुने सैनामैना पशु विकास शाखा प्रमुख इन्द्र बहादुर खड्काले बताउनुभयो ।

सैनामैना कृषि विकास शाखा प्रमुख सिर्जना सुबेदिले कृषि एपको बारेमा कृषकलाई भेला गराएर व्यापाक प्रचारप्रसार गरेर यसको प्रयोगले कृषकलाई उत्पादन बढाउन र विक्री वितरण गर्न सहज हुने बताउनुभयो । बाली र पशु स्वास्थ्य जाँच र विज्ञको सल्लाह, असल कृषि अभ्यास, कृषक डायरी, मलखादको उचित प्रयोग, स्थान अनुसार स्मार्ट, बजार मूल्य र मौसम सम्बन्धि जानकारी लगायतका बारेमा लुम्बिनी गण्डकीका प्रदेश कृषि संयोजक विनोद वि.क.ले सहजीकरण गर्नुभएको थियोे । उहाँले किसनले लगायका कुनै पनि बालि अथवा पशुपालनमा समस्या देखिएमा तत्कालै जियो कृषि एपमार्फत सन्देश पठाएर सो विषयमा जानकारी प्राप्त गरेर समस्याको समाधान घरमै बसेर गर्न सकिने बताउनुभयो । साथै यसले कृषकलाई कार्यालय सम्म पुग्नुपर्ने बाध्यता हट्ने बताउदै निकै सहज सरल र छिटो माध्यम रहेकाले कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरकार्यपालिका सदस्य सुरज बराल, सैनामैना नगरपालिकाका अधिकृत सन्तकुमार चौधरी, आइटी प्रमुख अस्मित खड्का, वाणगंगा नगरपालिकाका प्राविधिक ज्योति सुनार, भर्गो सहकारीका सहजकर्ता उषा घर्ती लगायतको उपस्थिति रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation