शिक्षकहरुका लागी ३ दिने क्षमता विकास तालिम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा शिक्षकहरुका लागी ३ दिने क्षमता विकास तालिम संचालन भएको हो । तालिममा डा.अजय कुमार मिश्र तथा डा.माया नाथ घिमिरेले सहजीकरण गर्नु भएको थियो ।

तालिममा रुपन्देहीका विभिन्न सामुदायिक क्याम्पसका प्रध्यापकहरुको सहभागिता रहेको पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र खरालले जानकारी दिनु भयो । विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा तीन दिने शिक्षण सिकाइमा अनुसन्धान भन्ने शीर्षकमा क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

Research cell का संयोजक हेमन्त शर्माको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन क्याम्पसका प्रध्यापक जगन्नाथ गौतमले गर्नु भएको थियो । तालिम सैनामैना ४ मा रहेको ग्लोबल पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation