सहिद नारायण पोखरेल स्मृति दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम

उपकार अनलाइन, सैनामैना ।
सहिद नारायण पोखरेल स्मृति दिवसको अवसरमा रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा आईतबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रमको अवसरमा बोल्दै सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापाले नेपालका प्रथम बाचन शिरोमणि नारायण पोखरेलले नेपालको धर्म संस्कृति संरक्षणमा विशेष र अतुलनीय योगदान गर्नुभएको स्मरण गर्दै उहाँको स्मृतिमा स्थापना भएको क्याम्पस यस क्षेत्रकै शैक्षिक धरोहर बनेको बताउनु भयो । उहाँले सहिद नारायण पोखरेल रामापुर क्याम्पसबाट अहिलेसम्म हजारौं विद्यार्थीले उच्च शिक्षाको अवसर पाएको बताउँदै रक्तदान जस्ता कार्यक्रम गरेर उहाँको स्मरण अझै ब्यापक बनेको बताउनु भयो ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजना , क्याम्पसमा रहेको युवा रेडक्रस सर्कलको समन्वय एवम नेपाल रेडक्रस सोसाइटी सैनामैना, दुधराक्ष उपशाखाको बिशेष सहयोगमा सम्पन्न भएको कार्यक्रममा ५२ युनिट रगत सङ्कलन भएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation