नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य

काठमाडौं। नेपालमा कोरोनाको भेरियन्ट केपी १ र केपी २ पुष्टि भएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार केपी १ र केपी २ सब भेरियन्ट हो । यो नसर्ने र घातक नभएको उनले बताए । बुढाथोकीका अनुसार तीन तीन महिनामा कोरोनाको परीक्षण भइरहेको र बिहीबारको रिपोर्टले केपी १ र केपी २ देखाएको हो । तर, यो सामान्य र नफैलिने खालको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation