नारायणगढ–मुग्लिन सडक खण्डमा चारवटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् सत्र किलोमा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्।

पहिचान नखुलेका अन्दाजी १६/१७ वर्षका किशोरको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट प्यूठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुवाहक बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकै ठाउँमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो। आइतबार राति १२ बजेतिर भएको प्रहरीले जनाएको छ।

बस र ट्रकका गरी २३ जना यात्रु घाइते भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ। घाइते सबैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्‍याइएको प्रहरीले बताएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation