
विमल गैरे, सैनामैना ।
तिनाउ पश्चिम वितरक संघले प्रथम साधारण सभा तथा अधिवेशन बुधवार सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रिय सदस्य इश्वर सुवेदी, कुलानन्द पोख्रेल, सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, उद्योग बाणिज्य संघ सैनामैनाका उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी सैनामैनाका अध्यक्ष लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
सैनामैना–६, कलौलीमा रहेको सैनामैना वाटर वल्ड पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा तिनाउ पश्चिम वितरक संघका अध्यक्ष नरेश न्यौपानेले संस्थाले गरेको उपलब्धी वाचन गर्नुभएको थियो । यस्तै अध्यक्ष न्यौपानेले वितरक संघका चुनौतीका विषयमा पनि सवै सदस्यहरुलाई सचेत रहन आग्रह गर्नुभयो । संस्थाले संघमा व्यवसायीहरुको सदस्यता बढाउन लगायतका थुप्रै आगामी दिनमा गरिने कार्यक्रम तथा योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले आफुले पढाएको विद्यार्थीले वितरक सस्थाको नेतृत्व गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले वितरक संघमा सवै युवा उद्यमी भएको भन्दै आफ्नो वाल्यकालमा हुदाँ व्यवसायी गर्ने मानिसको संख्या निकै कम हुने गरेको स्मरण गर्नुभयो । आफु स्थानीय तहको प्रमुख भइरहदा अहिलेका सवै युवा पिडीहरु विदेशीएको देख्दा कसरी रोक्न सकिन्छ भन्ने चिन्ता लागिरहेको थियो तर यस वितरक संघमा सवै युवा पिडि हुनुहुदो रहेछ अव विस्तारै विदेशीने क्रम रेकिने भन्दै उहाँले भन्नुभयो हामिले जहिले पनि एरपोर्ट हेर्ने गर्थेयौ बाहिर बाहिर गए भनेर भन्ने स्थीती थियो तर हाम्रो मुलुकमा पनी घरमै वसेर व्यापार, व्यवसाय गर्ने युवाहरु हुनुहुदा रहेछ । वितरक संघमा कुनै पनि समस्या भएका जस्तो सुकै सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रिय सदस्य कुलानन्द पोख्रेल, सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, उद्योग बाणिज्य संघ सैनामैनाका उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेल लगायतले व्यापारीका हक हितका लागी यो सस्थाले सधै काम गर्ने तथा वितरक संघमा कुनै समस्या आइ परे जुनसुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको भनाइ राख्नुभयो । तिनाउ पश्चिम वितरक संघ सैनामैनाका अध्यक्ष नरेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तिनाउ पश्चिम वितरक संघका संयोजक होमनाथ सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका महासचिव विक्रम अर्यालले गर्नुभएको हो ।













