पोखरामा माओवादीको वैचारिक प्रशिक्षण सुरू

पोखरा । गण्डकी प्रदेश स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण बुधबार मध्याह्न सभागृहमा सुरू भएको हो। प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताए ।

उनले आव २०८१र८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए । “भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो परियोजना मुलुककै महत्त्वपूर्ण र ऐतिहासिक हुनेछ ।

पार्टीको गण्डकी प्रदेश समितिले गरेको प्रशिक्षणमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङलगायत नेताहरू पनि सहभागी छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation