व्यवसायीको हितमा कपिलवस्तु उद्योग बाणिज्य संघ : एक हप्ते विभिन्न तालिम

सागर बेल्बासे, कपिलवस्तु ।

कपिलवस्तु उद्योग बाणिज्य संघको पहलमा संस्थामा जोडिएका करिब १२५ जना उद्योगि व्यवसायीलाइ फरकफरक तालिममा सहभागी गराइने भएको छ। कपिलवस्तु उद्योग बाणिज्य संघले लघु घरेलुु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रीपुरेश्वरमा पहल गरि यश क्षेत्र का उद्योगि व्यवसायीलाई एक हप्ता सम्म फरकफरक किसिमका तालिम फरकफरक व्यवसायीलाइ गराउने क्रममा लेखा ब्यबस्थापन तथा कर सम्बन्धि को २ दिने तालिम  सप्पन्न भएको छ।

लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रीपुरेश्वर को मुख्य आयोजना मा प्रवर्द्धन केन्द्रका शाखा अधिकृत चन्द्रदेव जोसि,बिक्की झा,लेखापाल दण्डपाणी कंडेल,तथ्यांक सहायक गिता पन्थी को सहजीकरण मा एक हप्तासम्म तिन किसिमका तालिम गराइने कुरा सह आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघ का अध्यक्ष गणेश क्षेत्री ले जानकारी गराउनुभएको छ। यो एक हप्ता सम्म गराइने तालिमहरु उद्यमशिलता बिकास,लेखा ब्यबस्थापकिय र प्याकिङ्ग लेबलिङ्ग तथा बजारिकरण सम्बन्धि रहने र ती सबै तालिममा करिब १२५ जना फरकफरक उद्योगि ब्यबसाइ लाई सहभागी गराइएको सह आयोजक संस्थाका महासचिव नवदत्त घिमिरेले जनाउनु भएको छ।

लेखा व्यवस्थापन सम्बन्धि विभिन्न सिपहरु सिकाइने उहाँले बताउनुभयो । २३ र २४ गते गरि २ दिन सञ्चालन भएको तालिमले लेखा सम्बन्धि प्राविधिक ज्ञान नहुँदा झमेला खेपिरहेका व्यवसायीहरुको लागि महत्वपुर्ण सहयोग गर्ने महासचिव घिमिरेले बताउनुभयो । कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले लेखा व्यवस्थापन तालिमको माध्यम बाट अनावश्यक खर्च कटौती हुने बताउनुभयो । व्यवसायीहरुमा लेखा सम्बन्धि प्राविधिक ज्ञान नहुदा विभिन्न झमेला पर्ने गरेको भन्दै त्यसलाई यो तालिमले ठुलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख चौधरीले पछिल्लो समय आर्थिक अवस्थाकै कारण परिवारमा झैझगडा हुने गरेको भन्दै अर्थलाई चुस्त दुरुस्त राख्ने हो भने त्यस्तो झगडा पनि नियन्त्रण हुने बताउनुभयो ।

त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यस क्षेत्रका साना ठुला सम्पुर्ण व्यवसायीहरुको आर्थिक अवस्था सुधार गर्न यस तालिम सञ्चालन गरेको बताउनुभयो । हामिले दैनिक रुपमा राख्नुपर्ने हिसाब किताब चुस्त दुरुस्त बनाउन नसक्दा कारबाहीमा पर्ने गरिएको उहाँले बताउनुभयो । लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौका लेखा अधिकृत विक्की झाले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै तालिममा सिकाइने विषय वस्तु माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, कोषाध्यक्ष धिरज खनाल लगायतले तालिमलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता, वस्तुगत उपाध्यक्ष शालिकराम भुसालको स्वागत तथा महासचिव नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, संघका अन्य पदाधिकारी, प्रशिक्षार्थी लगायतको सहभागिता रहेको थियो।आजको समापन सत्रमा प्रशिक्षार्थी का तर्फ बाट बुद्दी सागर बेल्बासे र बिस्णु मल्लले दुई दिनको प्रशिक्षण बाट प्राप्त भएका प्रगति अनुभव प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रशिक्षक आयोजक संस्था प्रवर्द्धन केन्द्र का लेखापल दण्डपाणि कंडेल र कर प्रशिक्षक आन्तरिक राजस्व सेवा कार्यालय तौलिहवा का प्रमुख भिम प्रसाद सापकोटाले सिकाइएका कुरा व्यबहार मा ल्याउन कुनै समस्या आएमा सम्पर्क गरि समन्वय गर्न समेत जानकारी गराउनुभएको थियो।उद्यमशिलता तालिम उद्योग बाणिज्य संघकै हलमा एक हप्ताको लागि चलिरहेको छ भने दुई दिने लेखा ब्यबस्थापन तथा आन्तरिक राजस्व का जानकारी मुलक तालिम पिस हिमालय रिसोर्ट मा समापन भएको छ।सोही रिसोर्ट मै भोलिदेखी लेबलिङ प्याकिङ्ग र बजारीकरण को दुइदिने तालिम भोलि देखि संचालन हुने सह आयोजक संस्थाका बाणिज्य उपाध्यक्ष नारायण पौडेल ले जानकारी गराउनु भएको छ।आजको समापन सत्रमा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश क्षेत्री,वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल ,बाणिज्य उपाध्यक्ष नारायण प्रसाद पौडेल ,महासचिव नवदत्त घिमिरे लगायको उपस्थिति मा सबै सहभागी हरुलाइ प्रमाणपत्र समेत प्रदान गरिएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation