दाङमा आफ्नै श्रीमती परपुरुषसँग भेटेपछि खुकुरी प्रहार गरी हत्या

बुटवल । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । परपुरषसँग आपत्तिजनक अवस्थामा भेटेपछि उनले श्रीमती र साथमै भेटिएका पुरुषलाई खुकुरी प्रहार गरेको प्रारम्भीक भयानमा उल्लेख गरेका छन् । कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले तुलसीपुर ६ डुम्रीगाउँमा बस्ने श्रीमती टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलका अनुसार शालिकराम शान्ती सेना मिसनबाट घर फर्केर बिदामा थिए । घर विदामा आएका बेला श्रीमतीलाई आज शुक्रबार बिहान सवा ८ बजेतिर परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि शालिकरामले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शालिकरामले श्रीमतीका साथमा फेला परेका आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । अछाम घर भएका आर्यन पनि नेपाली सेना हुन् । उनी तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत छन् । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation