बुद्धनगर आमा समुहको अध्यक्षमा पुनः दिपिका शर्मा

उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ मा रहेको बुद्धनगर आमा समुहको सातौं साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सैनामैना नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धन प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सातौं साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको हो ।

तेस्रो अधिवेशनले अध्यक्षमा पुनः दिपिका शर्मालाई सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचित भए पछि सामाजिक सञ्जाल फेशवुकमा अध्यक्ष शर्माले प्रमुख अतिथि , अतिथिहरु लगायत सहभागी महिला दिदीबहिनीहरु एवम् अधिवेशन सफल पार्न सक्रिय भुमिका निर्वाह गर्नुहुने कार्य समितीका सबै साथीहरूलाइ धन्यवाद सहित आभार प्रकट गर्नुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation