तिनाउ खोलामा नुहाउन गएका एक युवाको डुबेर मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार दिउँसो एक युवाको ज्यान गएको छ । अन्य दुई जना साथीहरुसँगै खोलामा नुहाउन गएका युवा डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुने भातरीय नागरिक हुन । प्रहरीका अनुसार भारतको कानपुर जिल्लाका ३५ वर्षीय फहिम अहमदको पानीमा डुबेर मृत्यु भएको हो । शनिबार दिउसो करिब १२ बजे खोलामा गएका अहमद पानीमा डुबेपछि उनीसँगै गएका दुई जना साथीहरुले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याएका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation