सैनामैनामा सीप विकास अन्तरगत अचार बनाउने तालिम

विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिकाले सञ्चालन गरेको गरिवी निवारणका लागि लघु उद्यम विकार कार्यक्रम अन्र्तगत सिप विकास तालिमबाट सहभागीहरु निकै खुसी बनेका छन् । नगरकोे वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत गरिबी निवारणका लागि लघु उद्यमी श्रृजना गर्ने र स्वरोजगार बनाउने उद्धेश्यले नगरपालिकाले नगरका विभिन्न वडामा विभिन्न किसीमका सीप विकास तालिम सञ्चालन गरेको थियो । यस्तै सीप विकास तालिम नगरको वडा नं. ८ मा पनि सञ्चालन भयो । वडा नं. ८ वाट छनोटमा परेका महिलाहरुलाई ५ दिने अचार बनाउने तालिम सञ्चालन गरिएको थियो ।

नगरपालिकाले प्रदान गरेका तालिमबाट सहभागीहरुलाई लघु उद्यमीको रुपमा विकास गरी आयआर्जन तर्फ लैजाने सैनामैना नगरपालिकाको मुख्य लक्ष रहेको छ । तालिममा सहभागी महिलाहरुले यो अचार बनाउने तालिम आफुहरुको लागी धेरै उपयोगी भएको बताएका छन् । यो तालिमबाट धेरै कुरा सिकेको र घरमै बसेर पनि स्वरोजगार बन्न सकिने सहभागी विष्णु खनाल पाण्डेले बताउनुभयो । उहाले अव अचार बनाउने कामलाई व्यवसायिक रुपमा अगाढी बढाउने सोच रहेको समेत जानकारी गराउनुभयो । सैनामैना नगरपालिकाका वडा नं. ८ का महिलाहरुले अचार बनाउने तालिमको माग गरे त्यसै अनुरुप नगरपालिकाले वडा मा अचार वनाउने तालिम पनि सञ्चालन ग¥यो । तालिमको चौधो दिन सहभागी महिलाहरुले विभिन्न ५ प्रकारका अचारहरु वेच्न सैनामैना ६ को कलौनी हाटवजारमा थिए । हामी हाटवजारमा पुग्दा उहाहरु अचार वेच्नमै वेस्त हुनुहुन्थ्यो । अचार राम्रो विक्रि भइरहेको भन्दै खुसी व्यक्त गर्नु भयो सैनामैना ८ निवासी शान्ता न्यौपाने ।

सिप सिकौं आत्मनिभर बनौं भन्ने उद्धेश्यले यो अचार वनाउने तालिम सञ्चालन भएको र आफ्नो आवश्यकता आफै पुरा गरौ भनेर दिदी बहिनीहरु सकृय भएर तालिम सहभागी भएको प्रशिक्षक शोभा खत्रीले बताउनुभयो । यो ५ दिन सम्म दिदी वहिनीहरुले आप, कागती, च्याउ, मासु लगायतका विभिन्न प्रकारका अचार वनाउन सिकेको प्रशिक्षक खत्रीले जानकारी गराउनुभयो ।

सैनामैना नगरपालिकाले नगरका नागरीकलाई धेरै किसिमका सीपका तालिम सञ्चालन गरी रहेको छ । महिला दिदीबहिनीहरुका लगी भनेर अचार बनाउने तालिम, एड्भान्स सिलाई कटाई तथा एड्भान्स व्युटिपार्लर तालिम सञ्चालन गरेको नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनुभयो । अव सीप सिकेका दिदीवहिनीहरु उद्यमी वन्नु पर्नेमा उहाको जोड छ । र आगी वर्षहरुमा समेत यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने प्रमुख शर्माले जानकारी गराउनुभयो ।

यस्तै नगर उपप्रमुख विना रानाले सिकेको सीपलाई अनिवार्य रुपमा प्रयोगमा ल्याउन सवै दिदीबहिनीहरुलाई आग्रह गर्नुभयो । उहाँले महिला संग उपप्रमुख कार्यक्रम अन्र्तगत पनि धेरै किसीमका सीपमुलक तालिम सञ्चालन गरेको र नगरका महिलाहरुलाई आत्म निर्भर बनाउन नगरपालिकाको चाहाना रहेको बताउनुभयो ।

नगरपालिकाले सञ्चालन गरेको यो तालिममा सहभागीहरुले आफ्नो सीप विकास गरेर व्यवसायी गर्ने र लघु उद्यमको रुपमा उद्यमी श्रृजना गर्ने उद्धेश्य यो कार्यक्रमको रहेका राम कुमार भट्टराइले बताउनुभयो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत सीप विकास तालिम सैनामैना वडा नं. ८ को वडा कार्यलयमा वडाका ९ जना महिलाहरुलाई जेष्ठ २२ गते देखी २६ गते सम्म अचार बनाउने तालिम नगरपालिकाले सञ्चालन गरेको थियो ।

नोटः यो तालिमको भिडियो रिपोर्ट उपकार सञ्चार गृह फेशबुक पेजमा हेर्न सक्नुहुनेछ । हामीलाई लाइक, फ्लो गर्न नविर्सनुहोला । धन्यवाद ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation