एक युवा पाँच बिरुवा नारा सहितको प्राचिन बुद्धनगरी कपिलवस्तु नगरपालिकामा बृहत वृक्षरोपण

इमरान खानकपिलवस्तु ।

एक युवा, पाँच बिरुवा नारा सहित प्राचिन बुद्धनगरी कपिलवस्तु नगरपालिकामा ‘ एक युवा पाँच बिरुवा ’ नारा सहित अभियान संचालन गरिएको छ । नगरलाई स्वच्छ र हराभरा बनाउन शनिवार बिहान देखि बृहत वृक्षरोपण अभियानको थालिनी गरिएको हो । शनिवार अबिरल बर्षा र झरीको बावजुत सुरक्षाकर्मी , सन्चारकर्मी, समाजसेवी , कर्मचारी, जेष्ठ नागरिक, शिक्षक, संघ संस्था तथा कपिलवस्तु नगरबासीहरुको उत्साहजनक सहभागीताका बिच लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय द्वारा बेगमबेलिया प्राजातिको फुलको बिरुवा रोपेर अभियानका शुभारम्भ गरेका हुन ।

कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खान, सुरक्षा निकायका प्रमुख, बिभिन्न गैर सरकारी संस्था तथा सम्पूर्ण नगरबासीहरुको सहभागितामा जमुहरा चोक देखि प्रशासन चोक सम्म साढे ७ सय बढी बेगम बेलिया जातको फुलको बिरुवाहरू रोपिएका हुन । यस बर्ष जमुहरा देखि प्रशासन चोक नयाँ टोल हुँदै छोटकी तौलिहवा सम्म साढे २२ सय बिरुवा रोपिने कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेलले बताए । यो अभियानमा यस बर्ष १५ लाख रुपैया खर्च भएको ईन्जिनियर राजेश सैनीले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation