बाढीले घर भत्किँदा रूकुम पश्चिममा तीन बालिकाको मृत्यु

सुर्खेत । रूकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ। वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी जाँदा तीन बालिकाको मृत्यु भएको आठविसकोटका मेयर रवि केसीले जानकारी दिए।

मृत्यु हुनेमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन, ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको हो। यस्तै बाढीमा परी ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको मेयर केसीले जानकारी दिए। उनका अनुसार बाढीमा परी ७ जना घाइते भएका छन्।

बाढीले कटान गर्दा कति घर भत्किए भन्ने यकिन विवरण नआएको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ। वर्षाका कारण सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न ढिलाइ भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation