प्रदिप ज्ञवाली, सैनामैना ।
आफ्नो रुचिको क्षेत्रमा लगातार रुपमा मिहेनतका साथ अविचलित भई लाग्दा सफलता उन्मुख पाइला अगाडि बढछन भन्ने कुराको उदाहरण सैनामैनाका बिनोद पाण्डे उर्फ मिस्टर पाण्डे बन्न थालेका छन । पिता टेकनारायण पाण्डे र माता तिलु पाण्डेको कोखबाट जन्मिएका बिनोद उमेरले पच्चीस वर्षका हुन । केही समय अघि सविता रिजालसङ्ग उनी बिवाह बन्धनमा बाधिएका छन ।
सानैदेखि हिपहका गीतहरु सुन्न अधिक रुचाउने पाण्डे एमसी फ्लो , यमा बुद्ध ,बालेन साह लगायतबाट बच्चैदेखि प्रभावित बनेको बताउछन । पाण्डे आफ्नै निरन्तरको मेिहेनतकै कारण यतिबेला विभिन्न सभा, समारोह ,कन्सर्ट एवम् मेलाहरुमा व्यस्त देखिन थालेका छन । र्याप गीत प्रतिको चासो र चिन्तनकै कारण उनले सैनामैना र बुटवलमा गत वर्ष सञ्चालन भएका औद्योगिक व्यापार मेलामा र्याप गित प्रतियोगिता सञ्चालन गरि निर्णायक समेत बनेका थिए ।
आफ्ना गीतमा शब्द चयन अनि प्रस्तुतिमा विशेष ध्यान दिने पाण्डेका गीत बच्चा देखि बृद्धसम्मले रुचाएको पाइन्छ । आफ्ना गित उत्तर आधुनिक जगतका भएता पनि स्थानीयतालाई पूर्ण रुपमा ध्यान दिने पाण्डेका “मलमला “, “आमा” जस्ता शीर्षक रहेका गीत उनका चलेका गीत हुन ।
पाण्डे पेशाले एउटा शिक्षक हुन । सैनामैनाका केही संस्थागत विद्यालयमा उनले शिक्षण गरेका छन । उनी सैनामैना नगरपालिका वडा नं ६ रुपन्देहीमा बस्दै आएका छन । पेशाले एउटा शिक्षक भएपनि मन मुटुमा भने र्याप छ । विभिन्न कार्यक्रममा उपस्थित भई आफ्नो र्याप प्रस्तुतिहरु उनी देखाइरहेका हुन्छन् । अहिले उनी र्याप विधाको सबैभन्दा ठुलो रियालिटी शो नेपहपमा गएका गई टप ४० मा प्रवेश गरेका छन । आगामी दिनका लागि धेरै हाम्रो टीमको तर्फबाट शुभकामनाना ।