नेकपा एमाले सैनामैना ३ को दोस्रो अधिवेशनः अध्यक्षमा पुन

उपकार अनलाइन, सैनामैना ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ३, मुर्गियामा नेकपा एमालेको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले सैनामैना वडा कमिटी अध्यक्ष सुन बहादुर पुनको अध्यक्षतामा भएको अधिवेशनले पुनः पुनकै अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा बसन्ता रेग्मी, सचिवमा कर्ण बहादुर कार्की, उपसचिवमा मिरा क्षेत्री र प्रकाश कुवंर, सदस्यहरुमा टंक प्रसाद चापागाई, जमुना पुन सुनार, बसन्त खप्तरी, मन बहादुर कुवर, अस्मिता भुसाल, माया भट्टराई, रुकमागत न्यौपाने, विष्णु ज्ञवाली, भिम वहादर गाहा, लक्ष्मण शर्मा, सुमित्रा खड्का, नेत्रनाथ उपाध्याय, देवा सापकोटा, डिलु काला, सह बहादुर पुर्जा, विष्णु पौडेल, इन्द्र बहादुर कामी, राधिका न्यौपाने, मेघराज न्यौपाने, देव बहादुर थापा, कविता गुरुङ, मोहन कुमार सिंजाली, खिमानन्द गौतम, सोमाकान्त सापकोटा, होम बहादुर गुरुङ, यम बहादुर पटेललाई सर्बसहमतिद्वारा चयन गरेको छ ।

नवनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य खुशिराम चौधरीले निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदै सामाजिक काममा लाग्न सुझाव दिनु भएको थियो । कार्यक्रममा जिल्ला कमिटी सचिव चित्र बहादुर कार्की, जिल्ला कमिटी सदस्य मिन प्रसाद पौडेल, चन्द्रकान्त भण्डारी, तम बहादुर पुर्जा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । वडा कमिटी अध्यक्षले संगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सन्चालन वडा कमिटी सचिब बसन्ता रेग्मीले गर्नुभएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation