कालिका मानवज्ञान मावि ६४औँ वर्षमा, जिल्लास्तरिय खेलकुद, प्रर्दशनी र साहित्यक कार्यक्रम हुँदै

बुटवल। राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औँ वर्षमा प्रवेश गरेको छ । ६४ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा विभिन्न कार्यक्रम आयोजन गर्न लागिएको छ ।

कालिका जिल्ला स्तरिय रनिङ्गशिल्ड खेलकुद प्रतियोगीता सहित विविध सास्कृतीक कार्यक्रम, साहित्यीक कार्यक्रम, प्रर्दशनी तथा खेलकुदका कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ ।

विद्यालयले आयोजना गर्न लागिको विविध कार्यक्रम बारे विहिबार पत्रकार सम्मेलनको आयोजनागरी विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बार्षिक उत्सवतथा अभिभावक दिवसको विविध कार्यक्रम बारे जानकारी गराएका हुन ।

प्रधानाध्यापक थापाका अनुसार पुस २ गते बार्षिक उत्सव तथा अभिावक दिवस तथा जिल्ला स्तरिय खेलकुद प्रतियोगीता सुरुवात हुने छन् । सेक्टर १ कालिकानगरमा प्रदेशका पुर्व मुख्यमन्त्री तथा सांसाद लिला गिरीले कार्यक्रम सुभारम्भ गर्ने कार्यतालिका तय गरिएको छ । सोही दिन ६ हजार विद्यार्थीसहितको पीटी प्रर्दशन, आर्कषण कला प्रर्दउशनी, खेलाडीहरुको झाक्रि प्रर्दशनी, मार्चपास सहित कार्यक्रम समावेश गरिएको छ ।

पुस २ गते देखि ५ गते सम्म जिल्ला स्तरिय छात्र छात्रा भलिवल प्रतियोगीता, कबड्डी प्रतियोगीता, एथ्लेटिक्स प्रतियोगीता १००, २००, ४००, ८००, १५ मिटर छात्रछात्रा दौड प्रतियोगीता, रिले दौड तर्फ ४ बाई ४००, ४ बाई १०० छात्र छात्रा दौड प्रतियोगीता समेत आयोजन हुने छन् ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार भलिबल, कबड्डी, एथलेटिक्स बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिनेछ ।खेलहरु विद्यालयको सेक्टर १ कालिकानगर र सेक्टर २ रामनगरमा सञ्चालन गरिनेछ । पुस ४ गते शेर बहादुर गुरुङ्ग जिल्ला स्तरीय कविता प्रतियोगिता ९सेक्टर १ कालिकानगर०मा आयोजना हुने छन् । यस्तै पुष ४ गते कालिका गायन तारा प्रतियोगिता “मन्दिरा गलामी स्मृती कालिका गायन तारा २०८१”९सेक्टर १ कालिकानगर० आयोजना गरिने छ ।

लुम्बिनी प्रदेश सभामुख माननीय तुलाराम घर्ती मगर को मुख्य आतिथ्यतामा पुष ६ गते स्व।अरुण पौडेल स्मृती ५००० मीटर दौड प्रतियोगिता, ९सेक्टर १ कालिकानगर० विविध छात्रबृत्ति अक्षयकोष वितरण ९सेक्टर २ रामनगर० मा आयोजना गरिने भएको छ । यस्तै पुस पुष ७ गते विज्ञान, प्रविधि तथा पुस्तक प्रदर्शनी, मूल समारोह ९सेक्टर १ कालिकानगर० मा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य को प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कालिका मानवज्ञान मावि वि।स। २०६७ सालदेखि नगर स्तरिय र २०७८ सालदेखि जिल्ला स्तरिय खेल प्रतियोगिता शुरु गरेको इतिहास छ । वि।सं। २०७६ सालमा १४र१४ ओटा स्वर्ण, कास्य र रजत पदक, वि।सं।२०७८ मा आइपुग्दा १६÷१६ पदक, २०७९ मा २४र२४ र हाल आएर ३२र३२ पदकमा खेलहरु सञ्चालन गर्दै लगेको छ । वि.सं. २०७६ सालमा यस विधा अन्तर्गत २२ ओटा विद्यालय, वि.सं. २०७८ मा ३२ ओटा विद्यालय, वि.सं.२०७९ मा ४९ ओटा विद्यालय, २०८० सालमा २७ ओटा विद्यालय संलग्न भएका थिए ।

विद्यालयले जिल्लामा अवस्थित सम्पूर्ण विद्यालयलाई समेट्दै खेलको विकासमा थप टेवा पु¥याउँदै आइरहेको छ । यस विद्यालयले प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत महत्वपूर्ण उपलब्धि हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदकहरु जिती राष्ट्रको गरिमा उँचो गराउने अब्बल खेलाडीहरु समेत उत्पादन गर्न सफल भएको छ । यहाँ उत्पादिन खेलाडीहरुले “बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” मा विभिन्न विधाहरु जस्तै कबड्डीमा राहुल अर्याल र दिपेश यादवले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । यसै गरी गण्डकी प्रदेशमा सञ्चालित “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता” मा यस विद्यालयका सलिम देवानले एथलेटिक्सको लङ्जम्प तर्पm आप्mनो नाममा नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक प्राप्त गरेका थिए ।

कबड्डी छात्रतर्पm सतिस कुर्मी, राहुल अर्याल, अमित राजभार, मुवारक मियाले स्वर्ण पदक प्राप्त गरेको थिए । कबड्डी छात्रा तर्पm आर्जु क्षेत्री र सुजाता बुढाथोकीले सहभागिता जनाएका थिए । यस्तै क्ष्त्ँ तेक्वान्डो तर्फ यसै विद्यालयकी रुपा बुढाथोकीले रजत पदक प्राप्त गर्न सफल भएकी थिइन । नवौँ राष्ट्रिय खेलकुदमा यस विद्यालयका १२ जना विद्यार्थीको सहभागिता रहेको र उनीहरुद्वारा महत्वपूर्ण उपलब्धि हासिल गरेका थिए ।

जिल्लाभरिका विद्यालयहरुबिच सकारात्मक र मित्रवत् प्रतिस्पर्धाको लागि शिक्षासँगै खेलकुदको माध्यमबाट पनि प्रतिभा पहिचान र समग्र राष्ट्रको गरिमा बढाउनको लागि हाम्रो विद्यालयले टेवा पु¥याउन सकोस भन्ने अवधारणाका साथ यस वर्ष विविध खेल तथा कार्यक्रमहरुको आयोजना गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले सबैको साथ र सहयोगबाट कालिका ले देशमै सर्वोच्चस्थान प्राप्तगर्न सफल भएको बताएका थिए । उनले कालिका मानवज्ञान मा।वि।को ६४ औँ वार्षिकोत्सव एबम् अभिभावक दिवस २०८१ यहि पुस २ देखि ७ गतेसम्म विभिन्न कार्यक्रममा पत्रकारिता क्षेत्रबाट सक्रिय रुपमा सहभागीता जनाउनको लागि समेत आग्रह गरेका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation