सैनामैनामा सुरु भयो आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैनामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारबाट सुरु भएको छ । प्रतियोगिताको सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले परेवा उडाएर प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख शर्माले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो । भर्खरै सम्पन्न एनपिएलको उदाहरण दिदै शर्माले खेलेर राम्रो कमाइ गर्न सकिने साथै नेपाली खेलाडी अहिरे बाहिर हुने खेलका लागि करडौमा अनुवन्धीत भएको समेत जानकारी गराउनभयो । नगरपालिकाले खेल क्षेत्रको विकासका लागि सधै अगाडी बढीरहने बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रथम मेयर चित्र कार्कीले देश छाडेर जानी मात्र युवा छैनन् देशमा केहि गरेर बस्न चाहाने युवाहरुपनि रहेको भन्दै उनीहरुका लागि स्थानिय, प्रदेश र संघीय सरकाले ध्यान दिनु पर्ने बताउनुभयो । गोरखनाथ सामुदायिक विद्यालयको प्रशंसा गर्दै कार्कीले पढ्न उमेरले छेक्दैन लेखपढ गर्न नसक्ने कोहि भए विना संकोच उक्त विद्यालयमा भर्ना भएर पढ्न समेत आग्रह गर्नुभयो । अव नगरले प्रत्येक वडामा सुविधा सम्पन्न खेलमैदान बनाउन नसके पनि विभिन्न खेलका कच्ची खेलमैदान बनाएर खेलाडी उत्पादन गर्न नगरले ध्यान दिनुपर्ने सुझाव दिजुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाकी उप प्रमुख बिना राना, रणबहादुर खनाल, चेतनारायण न्यौपाने, रोमनाथ न्यौपाने, गोविन्द खनाल, निमित्त प्रमुख प्रसासकिय अधिकृत शिव अर्याल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा आधारभुत तथा माध्यमिक स्तरका ३० वटा निजी तथा सामुदायिक विद्यालयका करिव ३ हजार विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् । ५ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने छन्।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल समावेश गरिएको छ । अर्जुन प्रसाद पोख्रेलको स्वागतमा सम्पन्न कार्यक्रमको अध्यक्षता सैनामैन नगर खेलकुद समिति संयोजक खिम श्रेष्ठले गनुभएको थियो भने सचिव डि आर गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation