रेडक्रस सैनामैना परोहा उपशाखाद्वारा कविता प्रतियोगिता सम्पन्न

सैनामैना । नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखाको आयोजना तथा ग्यालेक्सी ईङ्गिलस बोर्डिङ स्कुलको आतिथ्यतामा कविता प्रतियोगिता सम्पन्न भएको छ। रेडक्रस अभियान रक्तदान जीवनदानू शिर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको हो ।’

सैनामैना परोहा उपशाखामा रहेका १५ विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका जुनियर रेडक्रस र युवा रेडक्रसका सहभागी ८ विद्यालयका १४ विद्यार्थी विच कविता प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रुपमा भएको थियो । प्रतियोगितामा न्यु एकेडेमी बोर्डिङ प्रथम , सैनामैना मा वि द्वितीय , दुर्गा भवानी मा वि तृतीय र प्रभात इ बोर्डिङ स्कुलले सान्त्वना हात पारेको छ ।

कविता प्रतियोगितामा प्रथम ,द्वितीय हुने विद्यार्थी जिल्लाका लागि छनोट भएको कार्यक्रमकि मिना शर्माले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी प्रदेश अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लालप्रसाद पङ्गेनीले पुरस्कृत विद्यार्थीहरुलाई बधाई दिदै आगामी यात्राको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सैनामैना उपशाखाकीअध्यक्ष मिना शर्माको अध्यक्षता ,लाल प्रसाद पंगेनीको प्रमुख आतिथ्य तथा ग्यालेक्सी स्कुलका प्रधानाध्यापक श्रवण कुमार गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation