उपकार अनलाइन, सैनामैना ।
दुधराक्ष युवा कल्वले दोस्रो चरणको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता लागि विभिन्न क्लबहरूलाई पत्राचार गरेको छ । आगामी माघ २५ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुनका लागि क्लवले देशभरका विभिन्न क्लबहरूलाई औपचारिक निमन्त्रणा पठाएको हो ।
क्लवका सचिव पदम पाण्डेका अनुसार यो प्रतियोगिता भलिबल खेलको प्रवद्र्धन र राष्ट्रिय खेलकुदको विकासका लागि आयोजना गर्न लागेको जानकारी गराउनुभयो । पत्राचारको क्रममा क्लवले क्लबहरूलाई निर्धारित मिति भित्र टिम दर्ता, खेलाडीहरूको नामावली र आवश्यक कागजातहरू बुझाउन आग्रह गरेको छ । प्रतियोगिताका खेलहरु सैनामैना ६ कलौनी चोक खेलमैदानमा आयोजना गरिनेछ ।
प्रतियोगितामा देशभरका प्रतिष्ठित क्लबहरूका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । दोस्रो चरणको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताले खेलकुदप्रेमीहरूका लागि रोमाञ्चक क्षण बन्ने विश्वास गरिएको खेल संयोजक राजकुमार चौधरीले बताउनुभयो । संयोजक चौधरीका अनुसार नेपाल एपिएफ कल्व, बुढा निलकण्ठ भलिवल क्लव, त्रिभुवन आर्मी क्लव, हेल्प नेपाल स्पोर्ट क्लव, सुदुर पश्चिम प्रदेश खेलकुद परिषद्, जाउलाखेल भलिवल प्रशिक्षण क्लव, नेपाल पुलिस क्लव, गण्डगी प्रदेश भलिवल संघ लगायतका क्लवको सहभागिता रहने जानकारी गराउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगर ५ लाख ५५ हजार ५५५, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै द्धितिय हुनेले नगद ३ लाख ३३ हजार ३३३, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्दा तृतिय हुनेले १ लाख ११ हजार १११ मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै सान्तवना हुनेले नगद ५५ हजार ५५५ मेडल र प्रमाण पत्र प्राप्त गर्ने कल्वका अध्यक्ष किरण पोख्रेलले जानकारी गराउनुभयो । विधागत तर्फ पनि उत्कृष्ट खेलाडीलाइ ७ हजार ७७७ र सर्वोउत्कृट खेलाडीलाई १५ हजार ५५५ रुपैया प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी गराउनुभयो ।