किङ्स क्लबद्वारा आयोजित दोस्रो किङ्स कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

विमल गैरे, रुपन्देही ।
पाल्पा जिल्लाको रामपुर नगरपालिकामा पुस २४ देखि २७ गतेसम्म सञ्चालन हुन लागिरहेको दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यस प्रतियोगिता भलिबलप्रेमीहरूका लागि विशेष आकर्षण बनेको छ । खेलकुद क्षेत्रको विकास र स्थानीय प्रतिभाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न जिल्ला पालिकाहरुकाका  उत्कृष्ट टिमहरूको सहभागिता रहनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन समारोह भव्य र आकर्षक हुने तयारी छ । खेलस्थललाई आधुनिक शैलीमा सजाइने कार्य तीव्र रूपमा भइरहेको छ । दर्शकहरूको सुविधाका लागि उचित बसाइको व्यवस्था र सुरक्षा प्रबन्धलाई प्राथमिकता दिइएको छ।

प्रतियोगिताको विशेषता : जिल्लाको रामपुर नगरपालिकामा अहिले सम्मकै ठुलो धनराशीको यस प्रतियोगितामा विभिन्न जिल्लाका पालिकाबाट करिब ८ भन्दा बढी टिमहरूको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरू लिग चरणमा खेलाइनेछन्, जसपछि सेमिफाइनल र फाइनल खेलमार्फत विजेता चयन गरिनेछ । विजेता टिमलाई १ लाख १ हजार १११  नगद पुरस्कार साथै मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । उपविजेताले पनि ६६ हजार ६६६ नगद रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै तृतिय स्थान प्राप्त गर्नेले ४४ हजार ४४४ रुपियाँ नगद र सान्तवना स्थान प्राप्त गर्नेले २२ हजार २२२ रुपैया नगद प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

स्थानीय खेलकुदलाई योगदान : किङ्स क्लबले लामो समयदेखि खेलकुदको विकासमा सक्रिय भूमिका खेल्दै आएको छ । क्लबका अध्यक्ष योगेन्द्र हमालका अनुसार यो प्रतियोगिता नयाँ प्रतिभा पहिचान गर्ने उत्कृष्ट अवसर हो । “भलिबलप्रति स्थानीय युवाहरूको उत्साह बढ्दै गएको छ । यस प्रतियोगिताले उनीहरूको क्षमता देखाउन र अघि बढ्न मञ्च उपलब्ध गराउनेछ,“ अध्यक्ष हमालले उपकार अनलाइनलाई बताउनुभयो ।

दर्शकको उत्साह : दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताप्रति दर्शकहरूको ठूलो चासो देखिएको छ । आयोजकका अनुसार स्थानीय समुदायले खेलकुदप्रति देखाएको समर्थन उत्साहजनक छ । विशेष गरी युवा पुस्ता यस प्रतियोगितालाई हेर्न आतुर रहेको बताइएको छ । स्थानिय देखि देश विदेशबाट समेत सहयोग जुटिरहेको छ भने अहिले खेल हुने स्थलको सजावटले स्थानिय देखि बाह्य भलिवल खेलप्रेमिहरु २४ गतेको प्रर्खाइ गरिरहेको पाइन्छ । त्यसमा नाम चलेका खेलाडीहरुको आगमनले भलिवल खेलप्रेमिहरु उत्साहित छन् ।

सम्बन्धित पक्षहरूको प्रयास : दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सफल पार्न खेलाडी, प्रशिक्षक र आयोजक टिमले तयारीलाई अन्तिम रूप दिने काम गरिरहेका छन् । प्रतियोगिता सफल बनाउन प्रायोजक र स्थानीय सरकारले समेत आवश्यक सहयोग गरेका छन् । खेल क्षेत्रको व्यवस्थापन, खानेपानी, स्वास्थ्य सेवा र सुरक्षाका लागि विशेष ध्यान दिइएको छ ।

दोस्रो किङ्स कप भलिबल प्रतियोगिता खेलकुदप्रेमीहरूका लागि मात्र होइन, रामपुर नगरपालिका र समग्र पाल्पा जिल्लाको प्रचार–प्रसारका लागि पनि महत्वपूर्ण हुने विश्वास गरिएको छ । यो प्रतियोगिताले राष्ट्रिय खेल भलिबललाई अझ उचाइमा पु¥याउने र खेलाडीहरूलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ । किङ्गस क्लब रामपुरको आयोजना र भम्बक युनाइटेड युथ क्लवको सह–आयोजनामा रामपुर नगरपालिका–५, भम्बकस्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation