बिराट पहारी, पाल्पा । स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद भन्ने मुलनारा सहित सुरु भएको दोस्रो किङ्गस कप भलिबल प्रतियोगिताको उद्घाटन खेलमा रामपुर नगरपालिका विजयी भएको छ । रामपुर नगरपालिका र तानसेन नगरपालिका विच भएको उद्घाटन खेलमा रामपुर नगरपालिकाले तानसेन नगरपालिकालाई २५ १७, २५ २१, २५ २१ को सोझो सेटमा हराएको हो । प्रतियोगिता प्लेर अफ द म्याच रामपुर नगरपालिकाका शैलेन्द्र प्रसाद यादव वनेका छन् ।
आज बाट सुरु भएको खेल पुष २७ गते सम्म संचालन हुनेछ उक्त प्रतियोगिता मा तानसेन नगरपालिका, रामपुर नगरपालिका चापाकोट नगरपालिका, पुर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका, रम्भा गाउपालिका, बौदिकाली गाउँपालिका र घिरीङ्ग गाउँपालिका गरि ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार १११ हजार नगद पुरस्कार साथै मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । उपविजेताले पनि ६६ हजार ६६६ नगद रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै तृतिय स्थान प्राप्त गर्नेले ४४ हजार ४४४ रुपियाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने सान्तवना स्थान प्राप्त गर्नेले २२ हजार २२२ रुपैया नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।