मिर्मिरे युवा क्ल्वको आयोजनामा भोलिबाट प्रथम मेयर कप पुरुष भलिवल प्रतियोगिता

बिराट पहारी, पाल्पा ।
“राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद “ भन्ने मुल नारा सहित मिर्मिरे युवा क्लवको आयोजनामा प्रथम मेयर कप खुल्ला पुरुष भलिवल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनले विहान ११ वजे गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा नगर प्रवक्ता शिव राना, वडा नं. १२ का वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य, नगर खेलकुद विकास समिति संयोजक बोनिन पिया लगायतको उपस्थिती रहने आयोजकको भनाइ छ ।

मिर्मिरे युवा क्लबले लामो समयदेखि खेलकुदको विकासमा सक्रिय भूमिका खेल्दै आएको छ । क्लबका अध्यक्ष शेरजंङ्ग गरुङ्ग अनुसार यो प्रतियोगिताले नेपालको राष्टिय खेल प्रति यहाँका युवाहरुको आकर्षण बढाउन तथा नयाँ प्रतिभा पहिचान गर्नु रहेको जानकारी गराउनुभयो । पछिल्लो समय “भलिबलप्रति स्थानीय युवाहरूको उत्साह बढ्दै गएको समेत गरुङ्गको भनाइ छ ।

माघे सक्रान्तिको अवसर पारेर क्लवले खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस वर्ष भने प्रथम मेयर कम खुल्ला क्लव स्तरीय पुरुष भलिवल प्रतियोगिता गर्न लागेको खेल संयोजक नवल गरुङ्गले जानकारी गराउनुभयो । संयोजक गरुङ्गले प्रतियोगितामा ८ वटा समुह विच प्रतिस्पर्धा रहने जानकारी गराउनुभयो । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार नगद पुरस्कार शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेतले ६० हजार १०० नगद शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै तृतिय स्थान प्राप्त गर्नेले ३० हजार १०० रुपियाँ नगद शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्दा सान्तवना स्थान प्राप्त गर्नेले १५ हजार १०० रुपैया नगद र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

मिर्मिरे युवा क्लव बुटवल उपमहानगरपालिका वडा नं १३ को आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता भोलि देखी माघ. १ सम्म बुटवल–१३, बदेलपोखरी २, मिर्मिरे युवा क्लबको खेल मैदानमा सञ्चालन हुने छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation